भाद्र १० घोराही
नेपालीहरुका चाडपर्वलाई मध्य नजर गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघले यहि भाद्र ११ गते शनिबार देखि पसल खुल्ला गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष टंक सिंह बुढाथोकीको अध्यक्षतामा वसेको बैठकले शनिबार पनि दाङ जिल्ला उद्योग वाणिज्य संघको क्षेत्रभरिका पसलहरु खुल्ला गर्ने निर्णय गरिएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ ।
नेपालीहरुका महत्वपूर्ण चाडपर्वहरु आउदै गरेकोले यस क्षेत्रका ग्राहकहरुलाई सहजताका लागि अर्को सुचना नआउदा सम्म शनिबार पनि खुल्ला हुने महासचिव बुढाथोकीले जानकारी दिनु भयो ।
Facebook Comments
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।