• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा कूल मतादाता १ लाख ४८ हजार २ सय ९२





खुमबहादुर सुनार
लिवाङ, रोल्पा

रोल्पामा कूल मतदाता संख्या १ लाख ४८ हजार २ सय ९२ जना मतदाता रहेको पाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय रोल्पाका अनुसार प्रदेशसभा १ मा पुरुष ३४ हजार ६ सय चालिस र महिला ३४ हजार ६ सय ४० जना गरी जम्मा ६९ हजार २ सय ४३ जना मतदाता रहेका छन् ।

त्यस्तै प्रदेशसभा २ मा पुरुष ३८ हजार ७ सय ८९ जना रहेका छन् भने महिला ४० हजा २ सय ६० जना गरी जम्मा ७९ हजार ४९ जना रहेको जिल्ला निर्बाचन कार्यालय रोल्पाले जानकारी दिएको छ । आगामि मंसिर ४ गते घोषणा भएको संघ र प्रदेशको निर्बाचनलाई मध्यनजर गर्दै आयोगले गर्नु पर्ने कार्यतालिका समेत सार्बजनिक गरेको छ ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको कार्यतालिकामा भाद्र १२ गते मतदा नामावली प्रकाशन, भाद्र १३ गतेदेखि भाद्र १५ गते सम्म त्रुटि सच्याउने निबेदन दिने, भाद्र १३ गते देखि भाद्र १५ गते सम्म झुट्टा बिबरणमाथि दाबी बिरोध, भाद्र १३ गतेदेखि भाद्र १५ कुनै ठाउँबाट बसाइँसराइ आएको स्थानीय मतदातावली भएमा कुनै पनि ठाउँमा अहिले बसिरहेको मतदाता नामावली हटाउनको लागी निबेदन दिने, भाद्र १३ गते देखि भाद्र १६ गते सम्म कसैको नामावली हटाउनको लागि सुचना दिने, भाद्र १३ गतेदेखि भाद्र १६ गतेसम्म नामावली हटाउने, परेमा निबेदन दिने, भाद्र १३ गते देखि भाद्र १७ गते सम्म उजुरी परेको मतदातालाई प्रमाण सहित सफाईको मौका दिने, भाद्र १३ गते देखि भाद्र १७ गते सम्म उजुरी उपर जाँच बुझ गरि हटाउने निर्णय गर्ने, भाद्र १३ गते देखि भाद्र १७ गते सम्म उजुरी निबेदन बास्तबिक भएमा नामावली हटाउने, भाद्र १७ गते देखि भाद्र १८ गते सम्म उजुरी उपर सफाई पाएमा राख्ने वा हटाउने बारे निर्णय गर्ने, भाद्र १८ गते निबेदन जाँच बुझ गरि प्रमुख नाम दर्ता अधिकारीले नाम सच्याउने, भाद्र १८ गते नाम हटाइएको सुचना निर्बाचन कार्यालयमा प्रकाशन गर्ने र भाद्र १९ गते फरक— फरक जिल्लाको दोहोरो नाम परेमा सोको छुट्टै बिबरण दाता सँगै आयोग पठाउने कार्य तालिकाअनुसार भएको समेत निमित्त जिल्ला निर्बाचन अधिकारी लभलाइट वलीले जानकारी दिनुभयो ।

यसैबीच रोल्पा जिल्लामा रहेको मतदाता नामावली अधावधिक दाबी बिरोध तथा सम्बन्धित सरोकारवालासँग सल्लाह सुझाव संकलन गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय रोल्पाको आयोजनामा भएको कार्यक्रमको सभाअध्यक्षता प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले गनुएभएको थियो ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सिता आचार्य रहनु भएको थियो भने रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्ती, थवाङ गाउँपालिका अध्यक्ष ऋषिराम बुढा मगर, सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगर, लुङग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापा, त्रिवेणी गाउँपालिका उपाध्यक्ष कर्ण लेखमणि डाँगी, सुनिल स्मृति गाउँपालिका अध्यक्ष मणिराम वुढाथोकीलगायत अतिथि रहनुभएको थियो ।

कार्यक्रममा राजनीतिक दलबाट नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य घनश्याम आचार्य, नेपाली कांग्रेस रोल्पाका सचिब शेरबहादुर थापा, नेकपा माओबादी केन्द्र रोल्पाका सचिब पुरन केसी, नेकपा एकिकृत समाजबादी पाटी रोल्पाका अध्यक्ष टंक बुढा मगर र राष्ट्रिय प्रजातन्त्र पाटी रोल्पाका अध्यक्ष केशरबहादुर पुनलगायत रहनुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी नायब उपरीक्षक बिनोद घिमिरे, सशस्त्र प्रहरी बल रोल्पा प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर बिसी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, डिभिजन बन कार्यालय रोल्पाका प्रमुख डा. मोहन पौडे्ल, स्वास्थ कार्यलय रोल्पाका प्रमुख नोखराज पोख्रेल, सिचाइ बिकास डिभिजन कार्यलय रोल्पाका श्यामलाल रावत, नेपाल घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका ताराप्रसाद शर्मालगायतको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचाकलक जिल्ला निर्बाचन कार्यालय रोल्पाकी नायव सुब्बा इन्द्रिरा अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments