आलोक भावुक/गढवा
गढवा स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रासाउन्ड सेवा शुरु भएको छ। यो सेवा शुरु भएपपछि गढवा गाउँपालिकाबासीलाई लमही घोराही लगाएयको ठाउँमा गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्न जानुपर्ने बाध्यता हटेको छ ।
गाउँपालिकाभित्रका सबै गर्भवती जाँच गर्न ग्रामीण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको छ । गढवा स्वास्थ्य चौकी सञ्चालक तथा ब्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर आले मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य र गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेलको बिशिष्ठ आतिथ्यमा भएको कार्यक्रमबीच डिजिटल अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको हो ।
गाउँमा नै गर्भ जाँच गर्न अल्ट्रा साउण्ड तथा भिडियो एक्सरे सेवा सुरु भएपपछि स्थानीय लाई गर्भवती तथा नव शिशुहरुको स्वास्थ्य अवस्था बुझ्न चर्को मुल्यमा अन्यत्र जानुपर्ने बाध्यताबाट छुटकारा मिल्ने गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
गढवा गाउँपालिका वडा नम्बर ६ मा मातृ, गर्भवती तथा नव शिशुहरुको लागि ग्रामीण अल्ट्रासाउण्ड मेसिनको उद्घाटन गरिएको हो ।
यसैबीच गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुको बिशेष सहयोगमा गढवा गाउँपालिकाले वटा अल्ट्रासाउन्ड मेसिन प्राप्त गरेको छ ।
तीन वटा अल्ट्रासाउन्ड मेसिनमध्ये गढवा, गंगाप्रसपुर र गोबरडिहा स्वास्थ्य चौकीलाई एक एक थान अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले ग्रामीण क्षेत्रका अधिकांश गर्भवतीहरुलाई गर्भावस्थाको नौ महिनासम्म पनि आफ्नो पेटमा बच्चा कस्तो अवस्थामा छ भनेर महिलाहरुलाई थाहा नभएकै कारण अधिकांश बच्चा र आमाले ज्यान गुमाउनुपरेकोले ग्रामीण क्षेत्रमा हुने नवजात शिशुको मृत्युदर र गर्वभती आमाको मृत्युदर घटाउन अल्ट्रासाउन्ड मेसीनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बताउनुभयो ।्
त्यसैगरी गढवा स्वास्थ्य चौकीलाई डिजिटल एक्सरे मेसिन पनि स्वास्थ्य मन्त्री चौधरीले हस्तान्तरण गर्नुभएको छ ।
डिजिटल अल्ट्रासाउन्ड मेसिनको प्रयोगले ग्रामीण क्षेत्रका महिलाहरुले आफनो अवस्था थाहा नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने गढवा स्वास्थ्य चौकी गढवामा कार्यरत अनमी मञ्जु श्रेष्ठले बताउनुभयो । आफूले अल्ट्रासान्ड मेसीन प्राप्त गरिसकेपछि समयकै गर्भवती महीलाको स्वास्थ्य अवस्था पत्ता लगाएर रिफर गरेर आमा र बच्चाको ज्यान बचाउन सहयोग पुग्ने उनको भनाई छ ।
अल्ट्रासाउन्ड मेसीन सञ्चालनको तालिम प्राप्त गरिसकेपछि स्वास्थ्य चौकीमै बच्चा उल्टो छ की सुल्टो भनेर पत्ता लगाउन सक्ने श्रेष्ठको भनाई छ। कतिपय अवस्थामा महिलाको पाठेघर भन्दा तल नै बच्चा बसेको हुने र यो अवस्था सुरुमै पत्ता लगाउन सके महिलाको ज्यान जोगाउन सकिने उहाँको भनाई छ ।
उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, वडा नम्बर ५ का अध्यक्ष लेखराज थापा, वडा नम्बर ४ का अध्यक्ष हरिभगत चौधरी, ६ नम्बर वडा सदस्य मानु कुमाल, गढवा गाउँपालिकाका योजना शाखा प्रमुख कुलराज कुमाल, स्वास्थ्य शाखा उपप्रमुख द्रोपदा सुबेदी, गढवा स्वास्थ्य चौकीका डाक्टर केदार अधिकारी, खुमानन्द पोख्रेल, शिव हमाल, कोईलाबास स्वास्थ्य चौकीका प्रमुख कृष्णप्रसाद आचार्य, गोबरडिहा स्वास्थ्य चौकीका प्रमुख ज्ञानकुमार बसेल, महिला स्वयंसेविका सकुन्तला डिसी, प्रभा यादव, दयाराम यादव, एकीकृत समाजवादीका रामप्रसाद गैरे र महिला स्वयं सेविकाहरुको उपस्थिति रहेको थियो। उषा पाण्डे, सिबित्रा घिमिरे, सुमित्रा चौधरी, बिष्णु घर्ती, सुनिता घर्ती, बसन्ता खनाल, कालीदेवी कुमाल, सिता चौधरी, छायाँ सिंह ठकुरी लगायतकाको उपस्थिति रहेको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।