• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भोलि मंगलबार नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)




दाङ, ६ भदौ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले भोलि अर्थात् भदौ ७ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिलाई सरकारले उलंघन गरि गत साउन १६ गते ललितपुरको जिल्ला अदालत मार्फत पार्टी महासचिव विप्लवसहितका लिडरमाथि जारी गरेको पक्राउ पुर्जी तथा राष्ट्रघाती सन्धिहरु खारेजको माग गर्दै उनीहरूले बन्दको घोषणा गरेका हुन् ।

एमसीसी सम्झौताको विरोध, विप्लवसँग गरिएको ३ बुँदे सम्झौताको पालना लगायतका विषयमा चरणबद्ध आन्दोलन गर्ने र नेपाल बन्दको आह्वान गर्ने विज्ञप्तिमा जनाईएको छ । देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरूमा संघर्ष गर्ने विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक कार्यक्रम अनुसार ४ दलिय मोर्चाले भदौ १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ४ गते देशव्यापी विरोधसभा तथा काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीय विरोधसभा गर्ने, ६ गते देशव्यापी मसाल जुलुस र ७ गते नेपाल बन्द घोंषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत साउन २७ गते जारी विज्ञप्तिमा नेकपा (विप्लव) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्टका महासचिव आहुति, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले हस्ताक्षर गरेका छन्। यस्तो छ, चार कम्युनिस्ट पार्टीद्वारा जारी संयुक्त प्रेस वक्तव्य:No description available.No description available.

Facebook Comments