• ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
त्रिशिद्धश्वरी योग साधना केन्द्रद्वारा तिज मिलन कार्यक्रम




दाङ, ५ भदौ । दाङको तुलसीपुर रहेको त्रिशिद्धश्वरी योग साधना केन्द्रले तिज मिलन सत्संग कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रले शनिबार तुलसीपुरमा रहेको त्रिशिद्वेश्वरी मन्दिरको सभा हलमा सो कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा दिदिबहिनीहरुलाई दरखाने र नाचगानसंगै रमाउने कार्यक्रम रहेको थियो । महिला पुरुष समानरुपमा उपस्थिति थियो र एक- अर्कामा महिलाहरुको महान चार्ड हरितालिका तिजको अग्रिम शुभकामना आदानप्रदान समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा आमन्त्रित पत्रकार रमेश परियारले लुम्बिनी प्रदेश पतंजली सदस्य लक्ष्मी वलीसंगको कुराकानीमा वलीले आजको दिनमा सम्पुर्ण दिदिबहिनीहरु आफ्नै माइती घरमा गएको अनुभुती भएको र महिलाहरु जसरी योग गर्न योग साधना केन्द्रमा आउनु हुन्छ यस्ले महिलालाई आत्मबल , शरीर स्वस्थ , निरोगी बन्ने अबसर प्रदान गरेको छ ।

महिला जसरी घरकै काममा प्रायः व्यस्त हुने र शरीर को कुनै हेरचाह नगर्ने भएकाले महिलाहरुमा धेरै रोग हुने गरेको छ तसर्थ सम्पुर्ण महिला दिदिबहिनीहरुले दिनमा २ घन्टा योग को लागि समय मिलाएर आफ्नो स्वस्थको लागि पनि योग गर्नुपर्ने बताउनु भयो र सम्पुर्ण देश-विदेशमा रहनु भएकी नेपाली चेलिहरुलाई आउदै गरेको महिलाहरुको महान चार्ड हरितालिका तिजको हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा पतंजली दाङ जिल्ला संगठन मन्त्री वामदेव धितालले पनि सम्पुर्ण देश-विदेशमा रहनु भएकी नेपाली आमा- दिदिबहिनीहरुलाई आउदै गरेको महिलाहरुको महान चार्ड हरितालिका तिजको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो साथै स्वस्थ जीवन नै ठूलो धन हो तसर्थ सम्पुर्ण आमाबुबा – दाजुभाइ – दिदिबहिनीहरुले आजको युगमा आफू स्वस्थ रहनु छ भने दिनमा २ घन्टा योग गर्नु पर्ने बताउनु भएको थियो ।

Facebook Comments