• ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा घोराहीद्वारा पक्राउ पुर्जीविरुद्ध बिरोध प्रदर्शन




घोराही, ४ भदौ । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरले आफ्नो पार्टीका लिडरमाथि सरकारले जारी गरेको पक्राउ पुर्जी तत्काल फिर्ता गर्नुपर्ने मागसहित घोराहीमा बिरोध प्रदर्शन गरेको छ । पार्टीले चार कम्युनिस्ट पार्टीको पूर्व घोषित संघर्षका कार्यक्रम अन्तर्गत शनिबार  घोराहीमा उक्त प्रदर्शन गरेको हो ।

कोणसभालाई सम्बोधन गर्दै प्रमुख वक्ता समेत रहेका नेकपा घोराही उपमहानगरका इन्चार्ज निर्मलले राज्यले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन र पार्टी नेतृत्वमाथि जारी गरिएको पक्राउ पुर्जी यथाशीघ्र फिर्ता नगरे यो भन्दा काडा आन्दोलन गर्ने चेतावनी दिए ।

अखिल (क्रान्तिकारी)का दाङ जिल्ला संयोजक खुमन , नेकपा गढवा गाउँपालिका इन्चार्ज महानले कोणसभामा सम्बोधन गरेका थिए ।

घोराहीको सहिद गेटबाट शुरू भएको विरोध प्रदर्शन बजारका मुख्य मुख्य चोकमा परिक्रमा गरि तुलसीपुर चोकमा गएर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल दाङ जिल्ला सचिव पदम चन्दले गरेका थिए ।

Facebook Comments