• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लवनिकट अखिल क्रान्तिकारी घोराहीको अध्यक्षमा रिजाल




घोराही, ४ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङ घोराही उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । संगठनको आयोजनामा शनिबार घोराहीमा सम्पन्न भएको सम्मेलनले खुम रिजाल अध्यक्षतामा २७ सदस्यीय  नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा हिमाल वली, सचिवमा नविन केसी, सह-सचिवमा विपना थापा र कोषाध्यक्षमा प्रकाश पुन लगायत रहेका छन् ।

”शैक्षिक विकृति , विसंगति , ब्यापारीकरण र माफियाकरण विरुद्ध हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिका लागि दोस्रो नगर सम्मेलन ” भन्ने मुल नारासहित शुरुभएको घोराही उपमहानगरको दोस्रो नगर सम्मेलनका प्रमुख अतिथि नेकपा दाङ जिल्ला कार्यलय सदस्य एवं घोराही नगर इन्चार्ज निर्मल , बिशेष अतिथि अखिल क्रान्तिकारी २५ औं दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक खुमन , अन्य अतिथिहरु नेकपा गढवा गाउँपलिका इन्चार्ज महान , अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सदस्य अशोका , युवा संगठन नेपाल दाङ जिल्ला सचीव पदम , युवा संगठन नेपालका जिल्ला सदस्य एवं घोराही नगर सचीव शिशिर , अखिल क्रान्तिकारी दाङ २५ औं जिल्ला सम्मेलन आयोजक समिती सदस्य दिपक, हिमाल , तार्जन, दामोदर, ललिता र बिरेन्द्रको उपस्थिति रहेको थियो ।

विपना थापाको स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रमको संचालन नवीन केसीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता दोस्रो नगर सम्मेलन आयोजक समिति संयोजक खुम रिजालले गरेका थिए ।

Facebook Comments