• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बढ्दै तीजको रौनक, ठाउँठाउँमा तीज मिलन शुरु




तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ ले तिज मिलन कार्यक्रम गरेको छ । वडाको आर्थिक सहयोगमा शनिबार कार्यक्रम भएको हो । डिला सुवेदीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानीय चौधरीको प्रमुख आतिथ्य एवं वडाध्यक्ष शिवानन्द डाँगीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि चौधरीले तिजभड्किलो बनाउन नहुने बताए ।

त्यस्तै वडाध्यक्ष डाँगी तिजको संस्कार र संस्कृतिलाई जोगाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । अगामी दिनमा बिभिन्न तिज नृत्य प्रतियोगिता गर्ने समेत बताएका थिए । कार्यक्रममा विभिन्न टोल तथा समूहबाट आएर नाँच प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य रिखा शर्मा, वडा सदस्यहरु पार्वती कामी, देवबहादुर चौधरी, मोहन चौधरी, जेष्ठ नागरिक भिमसेन डाँगी, एमाले जिल्ला कमिटी सदस्य अम्मर खड्का, माओवादी केन्द्र तुलसीपुर कार्यलय सदस्य मिनराज वली, वडा इञ्चार्ज कृष्ण बस्नेत, पशुपति मावि हरिपौरीका प्रधानाध्यापक रुद्रबहादुर डीसी, लक्ष्मीनपुर माविका शिक्षक रुपलाल बस्नेत, चन्द्रबहादुर डाँगीलगायतले सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण सुधा बस्नेत भण्डारीले गरेकी थिइन् ।

Facebook Comments