• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको राप्ती गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला




राष्ट्रिय स्वतन्त्र पार्टी दाङ्ग जिल्ला अन्तर्गत राप्ती गाउँ पालिका तदर्थ समिती गठन भएको छ ।

राप्ती गाउँपालिकाको केन्द्र बिन्दु लालमटियामा भेला भएको हो ।

जिल्ला सभापति ओपेन्द्र दाहालको सभापतित्व र देबराज पाठकको प्रमुख आतिथ्यतामा भएको भेलाले ७ सदस्यीय तदर्थ समिति चयन गरेको हो । जसको सभापति द्रोणबहादुर जिसी, उपसभापति सुवास भुसाल र सचिवमा बसन्ता कुमाल चयन हुनुभएको छ । सदस्यहरुमा नबाब खान, ऋषिराम शर्मा, विष्णु गरी, ओमबहादुर कार्की , नेत्रबहादुर खड्का, प्रमानन्द पोख्रेल , रामकृष्ण चौधरी , वीरबहादुर दमाइ रहनुभएको छ ।

उक्त भेलामा जिल्ला उपसभापति शिलाकुमारी केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि देबराज पाठकले पार्टीले देशभर आक्रामक रुपमा संगठन विस्तार गरिरहेको बताउनुभयो ।

कार्यक्रममा देउखुरी क्षेत्रका सक्रिय युवाहरूको सहभागीता रहेको थियो । सो सहभागीको तर्फबाट ५ जनाले शान्ति र स्वच्छ बिकासमा मेरो भूमिका बिषयमा आ–आफ्नो महत्त्वपूर्ण धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजीकण जिल्ला सचिब किसन ओलीले गर्नुभएको थियो ।

Facebook Comments