• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्राज्ञिकको विद्यार्थी परिषद्को नगर अभ्यास वर्ग सुसम्मान




बिष्णु गोराथोकी
प्राज्ञिक बिद्यार्थी परिषद् नेपाल घोराहिको एक दिवसीय नगर अभ्यास वर्ग सुसम्मान भएको छ ।

प्राज्ञिक बिद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव एवम् लुम्बिनी तथा कर्णाली प्रदेश सङ्गठन सचिबको प्रमुख आतिथ्यमा तथा प्राज्ञिक बिद्यार्थी परिषद् नेपालको केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश अध्यक्ष शरदकुमार शर्मा र घोराही काइ कमिटी सङ्गठन सचिव राजेश घिमिरेको उपस्थित रहेको थियो ।

घिमिरेले अभ्यास वर्ग कार्यक्रम, २० हजार रकम सहयोग, सरस्वती पूजा, नयाँ बर्ष तथा दीप प्रज्वलन, रक्तदान कार्यक्रम, व्यक्तित्व एवम् क्षमता अभिवृद्धि कार्यक्रमको समिक्षा गर्नुभएको थियो ।। त्यस्तै प्राजिक विद्यार्थी परिषद्, राष्ट्रिय सचिव एवम् एवम लुम्बिनी तथा कर्णाली प्रदेश संगठन सचिव बाबुराम मरासिनीले परिषद्को बिषयलाई प्रकाश पार्दै ज्ञानको पावर हाउस बिद्यार्थी रहेको बताउनुभएको थियो । देशले के दियो होइन, देशलाई के दियौ भन्ने भावना हुनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल संस्कृत विश्ववि‌द्यालयमा अध्यापनरत एवंम परिषद्का शुभचिन्तक किशोरचन्द्र गौतमले कार्यक्रममा प्राज्ञिकहरु सक्षम हुनुपर्ने बताउनुभयो ।

नगर एकाईको नयाँ कार्यसमिति

कार्यक्रममा नगर स्तरीय एकाईको नयाँ कार्यसमितिमा गठन भएको छ । कार्यक्रममा ६० जना बिद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा बिद्यार्थी मध्यबाट अध्यक्ष र उपाध्यक्ष चयन भएको छैन भने नगर सचिव राजेश घिमिरे, सहसचिव अनिता कवर र पूर्ण जङ्ग मल्ल, नगर छात्र प्रमुख सम्झना गोराथोकी, , पत्रिका संयोजक बिष्णु गोराथोकी, कोषाध्यक्ष बालकुमारी रसाइली रहनुभएको छ । बाकी नगर सदस्य हुनुभएको छ। मोहन ओलीको स्वगत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सहजिकरण पूर्णजङ्ग मल्लले गर्नुभएको थियो ।

Facebook Comments