• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल नेपाल औद्योगिक मजदुर संघको लुम्बिनीको अध्यक्ष बिक




नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघको लुम्बिनी प्रदेशको दोस्रो भेला हजरत अलिसाईको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्यैपाने ‘सागर’को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

भेलालाई बिशिष्ट अतिथिहरु अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रिय उपाध्यक्ष होमबहादुर खुलाल र नेपाल माओवादी केन्द्र दाङ जिल्ला सचिव विश्वराज आचार्यले पनि सम्वोधन गर्नुभएको थियो ।

भेलाले दीपक बिकको नेतृत्वमा १५ सदस्य लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष शेखर गौतम, उपाध्यक्ष डम्बरबहादुर खत्री, सचिव लालबहादुर पुन, सहसचिव गुरेप्रसाद भण्डारी, कोषाध्यक्ष अजिता शाही, सदस्य यादवप्रसाद शर्मा, श्रीधर जैसी, जितु घर्ती, राजु पुन, जगदीशप्रसाद तमौली, राम सुरज धोवी, मन कुमारी पोखरेल, सरज बस्नेत र रामकुमार कुमार केवट रहनुभएको छ ।

कार्यक्रमको सचालन दिपक बिकले गर्नुभएको थियो टिकाराम वलीले स्वागत मन्तव्य व्यक्त भएको थियो । कार्यक्रमको प्रमुख अतिथिले मजदुरको समस्या समाधान गर्ने र मजदुरको हकहितको लागि लड्ने पार्टी भनेको माओवादी केन्द्र मात्र भएको र मजदुरको हरेक समस्या समाधानको लागि पार्टीले मजदुरलाई अग्रभागमा राखेर मजदुरको अधिकारको लागि लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

विशिष्ट अतिथि माओवादी केन्द्र दाङका सचिव विश्वराज आर्चायले मजदुरको हरेक सुख दुखमा माओवादी पार्टी मजदुरको साथमा रहेको र मजदुरले कानुनी रुपमा पाउनुपर्ने सेवा सुविधा दिलाउन पार्टी प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

अर्का विशिष्ट अतिथि अखिल नेकपा औद्योगिक मजदुर संघका केन्द्रिय उपाध्यक्ष होमबहादुर खुलालले मजदुरको हकअधिकार सुरक्षित गर्न सामाजिक सुरक्षा कोषमा सूचीकरण गर्न दबाब दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रीप्रसाद जैसी, अखिल नेपाल ट्रड युनियन महासंघ दाङ जिल्ला अध्यक्ष सुमन रोका, सेक्युरिटी मजदुर संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पान्डे लगाएतले मजदुरको हकअधिकारको लागी मजदुर सगठित भए मात्र हरेक समस्या समाधान हुने धारणा व्यक्त गर्नु भएको थियो ।

Facebook Comments