• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा कक्षा १० सम्म निःशुल्क शिक्षा सफल पारेरै छाड्छौंः अध्यक्ष बिष्ट




अखिल नेपाल शिक्षक संघ राप्ती गाउँ समितिको आयोजनामा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका राप्ती गापा अध्यक्ष रामकृष्ण पौडेलको अध्यक्षता र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिका अन्तरगत रहेका सामुदायिक तथा संस्थागत विद्यालयका अध्यक्ष र प्रधानाध्यापकहरु,वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु,अभिभावक ,विद्यार्थी , सामाजिक/शैक्षिक व्यक्तित्वहरु लगायत ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष प्रकाश विष्टले कक्षा १० सम्म नि:शुल्क शिक्षाको व्यवस्था नेपालको संविधानमै उल्लेख भएको र सबै राजनैतिक दलहरुको समेत नि:शुल्क शिक्षाको नारा रहेकोले हामीले कार्यान्वयन मात्रै गरेका हौं भन्नुभयो ।

उहाँले पालिकाको पवित्र उद्देश पूरा गर्नको लागि सबै पक्षबाट सहयोगको अपेक्षा समेत गर्नुभयो । उहाँले राप्ती गाउँपालिकामा गुणस्तरीय शिक्षा दिन सम्भव छ । त्यसको लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“राप्ती गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि सरोकारवालाहरुको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल शिक्षक संघ दाङका सल्लाहकार एवं मा.वि.मौरीघाटका शिक्षक केशव राज आचार्यले ” राप्ती गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि सरोकारवालाहरुको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो भने अखिल नेपाल शिक्षक संघका लुम्बिनी प्रदेश सल्लाहकार डिलाराम पौडेलले ” राप्ती गाउँपलिकामा नि:शुल्क शिक्षा कार्यान्वयन ,सम्भावना र चुनौती ” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत कार्यपत्रहरुमाथि पद्मोदय पब्लिक नमूना मा.वि.भरतपुर दाङका प्रधानाध्यापक रामप्रसाद जैंशी र मा.वि.जजरागाउँ दाङका प्रधानाध्यापक विप्लव अधिकारी,नेपाल शिक्षक महासंघ राप्तीका अध्यक्ष कुलराज जैंशी र पूर्व शिक्षक एवं बुद्धिजीवी भरतमणि न्यौपानेले टिप्पणी गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष लालबहादुर भण्डारी ,नेपाल शिक्षक महासंघका उप महासचिव तारा वेल्वासे,राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य ,राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विक,राप्ती-४का वडा अध्यक्ष वीरबहादुर चौधरी ,वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी ,राप्ती गाउँपालिकाका पूर्व अध्यक्ष नुमानन्द सुवेदी ,राष्ट्रिय जनमोर्चाका राप्ती गाउँपालिकाका अध्यक्ष केशवराज खनाल,नेपाली काँग्रेस का महाधिवेशन प्रतिनिधि हरि भुसाल,नेकपा एमाले राप्तीका अध्यक्ष मदन अधिकारी र नेकपा माओवादी केन्द्र राप्तीका अध्यक्ष श्यामेश चौधरीले गुणस्तरीय शिक्षाको लागि आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राप्ती गाउँपालिकाको सभा हलमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई अखिल नेपाल शिक्षक संघ राप्तीका सचिव माधव वेल्वासेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन उपाध्यक्ष विष्णु पोख्रेलले गर्नुभएको थियो ।

Facebook Comments