नेकपा माओवादी केन्द्र घोराही उपमहानगर समितिको अध्यक्षमा रमेशकुमार ओली ‘राजन’ चयन हुनुभएको छ । उपमहानगर समितिको सातौं पूर्ण बैठकले उहाँलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको जनसम्पर्क सल्लाहकारको भूमिका निर्वाह गरिसक्नुभएका केसी यसअघि उपमहानगर समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । यसअघिका अध्यक्ष प्रमोद शर्माले पार्टी छाडेपछि सो पद रिक्त रहेको थियो ।
बैठकले उपमहानगर समितिका २१ जना सदस्य थप समेत गरेको छ । अब उपमहानगर समितिका पदाधिकारी तथा सदस्यको संख्या १११ पुगेको छ ।
बैठकले एक महिने संगठन विस्तार तथा राजनीतिक कार्यक्रम तय गरेको छ । बैठकले एक वडा दश टोल, एक टोल दुई सेलको अवधारणाअनुसार अबको एक महिना वडा र टोलसम्म पुगेर संगठन सुदृढीकरणको कार्यक्रम बनाइएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
ओलीको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि पोलिटब्यूरो सदस्य हेमराज शर्मा ‘डायमण्ड’, केन्द्रीय सदस्य भीमकुमारी बाँठा ‘निशाना’, प्रदेश सदस्यद्वय प्रमिता चौधरी र प्रतिभा बोगटी, जिल्ला सचिव विश्वराज आचार्यलगगायतले सम्बोधन गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।