• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिद्ध कुमाखमा खेलकुद एबं संस्कृतिक कार्यक्रम सम्पन्न




नवीन पि एम ।

त्रिवेणी युवा क्लब सिद्व कुमाख गाउँपालिका २ ले आयोजना गरेको श्रीकृष्णजन्माष्टमि विशेष खेलकुद तथा संस्कृतिक कार्यक्रममा शुक्रबार सम्पन्न भएकोछ भदौ १ देखि ३ गते सम्म चलेको कार्यक्रममा चर्चित गयीका टिका सानु गायक प्रेम बिबश घर्ती डान्सर साबित्रा बिस्वकर्मा ,करिना डागि लगाएतको बेजोड प्रस्तुति रहेको क्लबका अध्यक्ष मेक बहादुर बुढाथोेकीले बताए |

“त्रेबेणी युवा क्लबको सान खेलकुद तथा पुराना लोक संस्कृतिको पहिचान ” बन्ने नाराका साथ कृष्ण जन्माष्टमी को अवसर पारेर त्रिवेणी युवा क्लब सिद्व कुमाख गाउँपालिका २ले सिद्व कुमाख २ चाख्लिघाटमा खेलकुद तथा संस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

भदौ १ गते देखि ३ गते सम्म संचालनमा आएको कार्यक्रममा दर्सकहरुको बाक्लो उपस्थिति रहेको थियो कार्यक्रममा साबिक वडा स्तरीय भलिबल प्रतियोगिता पनि भएकोछ जस्मा प्रथम रेउलेभाइ डिजे ,दृतिय कागखोला ,.तृतीय निराजन मा बि ले स्थान ल्याए भने प्रतम हुनेले नगत रु. २५,०००/सहित मेडल प्रमान पत्र दृतिय हुनेले नगत रु. १८,०००/सहित मेडल प्रमान पत्र र तृतीय हुनेले नगत रु.१२,०००/दहित मेडल प्रमाण पत्र पाप्त गरेको र जस्मा गाउपालिका भित्रका जमा १८ वटा टिमको उपस्तिथि रहेको क्लबका अध्यक्ष बुढाथोकिले बतए ।

कार्यक्रम शुक्रबार समापन गरिएको हो । कार्यक्रम प्रमुक अथिथि सिद्ध कुमाख गाउपालिकाका अध्यक्ष भरत गिरि उपाध्यक्ष राम ब. बस्नेत ,वडा अध्यक्षहरु लगायतको उपस्तिथि रहेको थियो । बिभिन्न राजनितिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधी पत्रकार लगायतको सहभागितामा कार्यक्रमको समापन गरिएको थियो ।

समापन कार्यक्रममा मेला सफल बनाउन योगदान पुर्याउने संघ संस्था तथा व्यक्तित्वहरुलाई माँयाको चिनो दिएर सम्मान समेत गरिएको र कार्यक्रम सफल पार्न आर्थिक भौतिक रुपमा सहयोग गर्ने र खटिने सबैमा अनि कार्यक्रमलाई प्रायोजन गर्ने सम्पुर्णमा आयोजकले धन्यवाद दिएको आयोजकका बिरेन्द्र बोहराले बताउनु भयो ।

Facebook Comments