• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कमलदह सरसफाइ ६२ औं हप्तामा: विरुवालाई पोषण




मदन वि सि/रुकुमकोट
रुकुम पूर्वको पर्यटकीय स्थल कमलदह सरसफाईको ६२ औ हप्ता पूरा भएको छ । स्थानीयले प्रत्येक शनिवार कमलदहको सरसफाइ गर्दै आएका छन । विगतका शनिवार जस्तै यो शनिबार पनि कमलदह सरसफाइ गरि ६२ औ हप्ता पूरा गरिएको हो ।

कमलदह सरसफाइका लागि स्थानीय युवाको साथमा शिक्षक, जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी पुग्ने गरेका कमलदह सरसफाइ अभियानका अभियानता मदन शाहले जानकारी दिनुभयो । कमलदह सरसफाइ हरेक हप्ता अनिवार्य गरिए पनि उपस्तिथि अनिवार्य नगरिएको शाहले बताउनुभयो ।
हामिले प्रत्येक शुक्रबार सरसफाइ सम्बन्धि जानकारी दिन्छौ अभियानता शाहले भन्नुभयो स्थानीय आफै पुग्छन् । कोहि सूचनाको आधारमा आउनुहुन्छ । पछिल्लो समय सरसफाइ अभियान बृहत हुँदै गएको छ ।
स्थानीय स्वःतस्फूर्त रुपमा उपस्थित हुन्छौ उहाले भन्नुभयो अन्य पेसामा आवद्ध हुनुभएका पनि प्रायःजसो आउनुहुन्छ । यसले कमलदह सरसफाइलाई बृहत बनाउदै लगेको छ ।

यो ६२ औ हप्ता दह किनारमा लगाइएका फलफूलका विरुवालाइ पोषण दिइएको छ । सिस्ने गाउँपालिकाको सहयोगमा प्राप्त भएका ५० प्याकेट पोषण मल फलफूलका बिरुवामा राखिएको छ । कमलदह परिसरमा लगाइएका फलफुल र अन्य बिरुवाको वृद्धि विकासका लागि पोषण मल उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।
दहको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो रेग्मीले भन्नुभयो दहको अस्तित्व जोगाउन स्थानीय सरकार प्रतिबद्ध छ ।
यो हप्ता दह परिसरमा लगाइएका विभिन्न प्रजातिका विरुवामा र दुबोमा मल राख्नुका साथै गोडमेल पनि गरिएको छ । दहलाई आकर्षक बनाउन प्रवेशद्वार अघि सुन्दर बगैचा र दहवरपरको सबै क्षेत्रमा पाँच सय भन्दा बढि विरुवा रोपिएको छ ।
जसले कमलदहलाइ आकर्षक बनाउदै लगेको स्थानीय गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । कमलदह हेर्न र रुकुमकोट घुम्न पोखरा, पर्वत, बाग्लुङ, रोल्पा, दाङ, सल्यान, रुकुम पश्चिम र जाजरकोटबाट आन्तरिक पर्यटक आउने गरेका छन । अन्य समय भन्दा बिदाको दिन रुकुमकोट घुम्न र कमलदह हेर्न आउनेको संख्या बाक्लो हुने गरेको छ ।
कमलदहलाई बाह्रै महिना सुन्दर राख्ने र घुम्न आउने पर्यटकलाई धेरै समय टिकाउने उदेश्यले सकारात्मक सोच र सहकार्यका लागि युवा समूह नाम दिइएको अभियान टोलिले प्रत्येक शनिबार दहको सरसफाइ गर्दै आइरहेको छ ।

Facebook Comments