• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङकाे नाका क्षेत्रमा झाडापखाला: एक बालिकाको मृत्यु, १७ बिरामी




दाङकाे सिमावर्ति क्षेत्रमा झाडापखाला फैलिएको छ । राजपुर गाउँपालिका-७ भैंसाही नाका निवासी ७ बर्षिय बालिकाको मृत्यु भएको र १७ जना विरामी भएका छन् ।

बिरामी मध्य तिनजनाकाे अवस्था सिकिस्त रहेको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका पलानगाैरी निवासी ७ वर्षिय सम्झना परियार मृत्यु भएको स्वास्थ्य चाैकी राजपुरका प्रमुख खिमबहादुर रावतले जानकारी दिए । झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिकाे टाेलि पुगेकाे छ ।

बिहिवार दिउँसोबाटझाडापखालाका बिरामी देखिएका थिए । बिरामीहरुकाे उनिहरुकाे घरमा उपचार थालिएको छ । स्थानीय भैंसाही खाेलाकाे दुषित पानी खाँदा झाडापखाला फैलिएको प्रारम्भिक जानकारी दिइएको छ । खाेलाकाे पानी धमिलाे छ । जुन पानी स्थानीयले खादै अाएका थिए ।

राजपुर गाउँपाफिका वडा नम्बर ७ भैसाहीँनाका पलानगाैरी निवासी ९ वर्षिय अस्मिता बुढा, साेही ठाउँ निवासी २८ वर्षिय लालमति परियार, उनकी छाेरी ३ वर्षिया सपना परियार, ५३ वर्षिय सेषमति बुढाथोकी, २३ वर्षिय विमला राना, डेर वर्षिय (बालक) हिमाल राना, ४ वर्षिय सुदिप राना, ४३ वर्षिय बालाराम गिरि झाडापखालाबाट बिरामी भएको राजपुर गाउँपालिका अन्तर्गत राजपुर स्वास्थ्य चाैकिका प्रमुख रावतले जानकारी दिए ।

यस्तै झाडापखालाबाट राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी ३५ वर्षिय गंगाराम परियार, ३८ वर्षिय केशरबहादुर घर्ती, २८ वर्षिय प्यारी राना, १२ वर्षिय शेरबहादुर घर्ती, ६८ वर्षिय अम्बा पुन, २७ वर्षिय शाेभा गिरि, ३७ वर्षिय सुनमालि कवर, ३३ वर्षिय पार्वती कवर, डेर महिनाकि बालिका तुलसि घर्ती रहेका छन । सरसफाइकाे कमि र फाेहाेर पानिका कारण झाडापखाला फैलिएको हुनसक्ने बताइएको छ ।

राजपुर गाउँपालिमा अन्तरगत राजपुर स्वास्थ्य चाैकि प्रमुख खिमबहादुर रावत, अहेव ताराप्रसाद विक लगायत स्वास्थ्यकर्मी स्थलगत रुपमा पुगेका छन ।

Facebook Comments