• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आमा समूहहरुलाई धोती चोलो वितरण




रुकुमपश्चिमको मुसिकोट नगरपालीका वडा नम्बर १० ले कृष्ण जन्माष्टमी तथा हरितालिका तीजको अवसरमा वडाका आमा समूहरुलाई धोती र धरो वितरण गरेको छ ।

वडाका पाँच वटा आमा तथा महिला समूहलाइ ६० थान धोती, चोलो र धरो र एक एक थान स्पीकार उपलब्ध गराएको छ । यो वडामा पाँच वटा आमा तथा महिला समूहहरु सक्रिय रहेका छन् ।

यी समूहले विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वमा सामूहिक नाचनागसहितका सचेतनामूलक कार्यक्रम गर्दै आएकाले उनीहरुलाई थप प्रोत्साहन गर्न संस्थागतरुपमा सहयोग गरिएको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । यी समूहले व्यक्तिका विवाह, पूजालगायतका कार्यक्रममा संस्थागतरुपमा सहभागिता जनाएर सांस्कृतिक प्रस्तुति देखाउने गरेका छन् ।

वडाको सामाजिक सांस्कृतिक सद्भावना र सचेतनामा यी समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

Facebook Comments