• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पहिलो संविधानसभा निर्वाचनमा जस्तै सक्रिय बन्न वाइसिएललाई प्रचण्डको निर्देशन (भिडियोसहित)




नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पनि पहिलो संविधानसभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन हुन योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई निर्देशन दिनुभएको छ ।

वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले चुनाव विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो ।

‘विस्तृत शान्ति सम्झौतापछि जनआन्दोलन र जनयुद्धको बलमा जुन शक्ति प्राप्त भयो । पहिलो संविधानसभा निर्वाचनलाई सफल बनाउने र क्रान्तिकारी शक्तिलाई देशलाई प्रमुख शक्तिको रूपमा स्थापित गर्ने काममा पनि वाईसीएलको भूमिका निकै महत्त्वपूर्ण करिब(करिब निर्णायक भयो’– उहाँले भन्नुभयो– ‘पछिल्लो समयमा संविधानको सकारात्मक विषयहरु मेटिने त होइन, निरंकुशतातर्फ धकेलिने त होइन भन्ने वाईसीएल नेपाल र तपाईं युवाहरूले भूमिका कसरी निर्णायक हुनुपर्छ । चाहे सडकमा होस् वा चुनावमा होस् तपाईंहरूको भूमिका निर्णायक हुनुपर्छ । क्रान्ति, समाजवादी शक्तिलाई विजयी बनाउन एउटा अविचलित अभियान साथ हुने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

पहिलो संविधानसभा चुनावमा माओवादी पहिलो शक्ति बनेको थियो । अध्यक्ष प्रचण्डले जनताको भौतिक र अधिकारको रक्षा गर्नु पनि क्रान्तिकारी युवाहरुको दायित्व भएको बताउनुभयो । ‘प्रतिक्रियावादी जाली फटाहाहरुबाट जनतालाई सुरक्षित गराउने वाईसीएल नेपालको भूमिका दुरगामी र महत्त्वपूर्ण रह्यो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अबका दिनमा पनि यो भूमिकाका लागि वाइसिएल तयार रहनुपर्छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले वामपन्थी दलहरुलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताउनुभयो ।

Facebook Comments