• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
साझा विकास मुल समितिको तिज मिलन कार्यक्रम सम्पन्न




मधुसुदन गिरी कमिरेचौर ३ भदौ

दाङको बंगलाचुली ३ कमिरेचौरमा आज तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । समाज विकास सञ्जालको सहयोग तथा साझा विकास मुल समिति बंगलाचुलीको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको हो । परम्परा जोगाऔ विकृति हटाऔ भन्ने मुल नाराका साथ तिज मिलन कार्यक्रम सम्पन्न भएको हो ।No description available.

समाज विकास सञ्जालका जेष्ट नागरिक सदस्य गायत्रि नेपालिको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवासको प्रमुख आतिथ्यतामा उक्त कार्यक्र सम्पन्न भएको हो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नं ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नं ४ का वडा सदस्य दिपक परियार, नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।No description available.

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष पुनले समाज विकास सञ्जाल सँग गाउँपालिकाले सहकार्य गर्न खोजिरहेको र आगामि दिनमा सहकार्य गर्ने बताउनुभयो । उहाँले चाडर्व रचनात्मक रुपमा सहयोगि भावनाका साथ मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजिकरण उमा बुढाले गर्नुभएको थियो ।

Facebook Comments