• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेग्मी र रेउलेद्वारा बाढी प्रभावित क्षेत्र अनुगमनः तत्काल राहतको व्यवस्था गर्ने प्रतिवद्धता




मदन वि.सी
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र उपाध्यक्ष गोपाल रेउलेले बाढी प्रभावित क्षेत्र खोपिचारको अनुगमन गर्नुभएको छ ।                                                                    सिस्ने ६ को खोपिचार स्थित स्याउली बजारमा बस्ती माथिबाट आएको बाढीले गाउँ नै जोखिममा पारेको छ । बस्तीमा भएको क्षतिको विवरण संकलन गरि आवश्यक संचरना निर्माण र राहत वितरण गर्न स्थलगत अनुगमन गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।
गत साउन २० गते अविरल वर्षाका कारण बस्ती माथिबाट बाढी आएको स्थानिय लालप्रसाद बुढा मगरले बताउनुभयो । बुढाले भन्ने रातको समयमा ढुङगा माटो र पानी संगै आएको बाढि बस्तीमा पस्यो । सवैले बस्ती छोडनु प¥यो उनले भने तलबाट खोलाले निरन्तर कटान गरिरहेको छ । उनि भन्छन् माथिबाट भेल सहित आउने बाढी घरका कोठा भरि हुन्छ ।   
अन्यत्र बस्नलाई जग्गा जमिन र बास छैन अर्का बाढी पीडित चंखबहादुर बुढाले भने हिजो आज दिनमा भोक र रातमा निन्द्रा छैन । लगाएको बर्खे बालीमा पनि क्षति पुगेको छ ।   
बाढीले स्याउली बजारमा स्थानियले निर्माण गरेको प्रतिक्षालय, मध्यहाडी लोकमार्गको सडक र दुई वटा पानी घट्टमा पनि क्षति गरेको छ । गाउँमा ल्याएको खानेपानीको पाइप पनि बगाएको स्थानिय इन्द्रबहादुर खड्काले बताउनुभयो ।       
बस्ती भन्दा माथि खनिएका दुई छुट्टाछुट्टै ग्रामिण सडकका कारण भलसंगै बाढी आउने गरेको स्थानियले बताएका छन । वर्षा हुनासाथ आउने बाढी, द्धारे र कुरखोलाबाट वेगमा झर्ने खोलाको बस्ती कटान गर्दै लगेको छ । खोलाको कटानले मध्यपहाडि सडक देखि तलका बस्ती उच्च जोखिममा छन । यस्तै माथिबाट आएको पहिरो र खोलाको कटानले खोपिचार खोलामा निर्माण गरिएको पक्की पुल पनि जोखिममा परेको छ ।
बाढी र पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष रेग्मीले तत्काल राहतको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु् भएको छ । स्थानिय सरकारले मापदण्डमा भए बमोजिम तपाइहरुलाई राहत प्रदान गर्छ रेग्मीले बाढी पीडितसंग भन्नुभयो क्षति गरेका संरचना निर्माणमा पनि हाम्रो पहल कदमी हुनेछ । बस्तीलाई सुरक्षित राख्न छिट्टै आवश्यक तटबन्ध र अन्य संरचना निर्माण गर्ने उपाध्यक्ष रेउलेले प्रतिवद्धता जनाउनु भएको छ ।
बाढी प्रभावित क्षेत्रको अनुगमनमा गाउँपालिकाका प्रशासकीय अधिकृत चिन्तामणि दाहाल र इन्जिनियर करण खड्का पनि पुग्नु भएको थियो । बुधबार मात्रै गाउँपालिकाले विपद प्रभावितका लागि राहत प्याकेजको घोषणा गरेको थियो ।

Facebook Comments