• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ओली परिवार द्वारा पाँच लाखकाे अक्षयकोष स्थापना




रुकुम ‘पश्चिम’ मुसिकोट नगरपालिका- ४ साेलावाङ निवासी साहित्यकार पूर्ण ओली, प्रकाश ओली सहितका ओली परिवारले आफ्नी दिवङ्गत आमा याेगमाया ओलीकाे ४५ औं दिनकाे पुण्यतिथिमा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम ‘पश्चिम’मा रु ५ लाख राशीकाे ‘याेगमाया स्मृति साहित्य पुरस्कार’ स्थापना गर्नुभएको छ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमद्वारा यही २०७९ साउन ३० गते रुकुम ‘पश्चिम’ मुसिकोट नपा-४ साेलावाङमा आयाेजित परिषद्काे मासिक नियमित कार्यक्रम रुकुम साहित्यमालाको ९५ औँ श्रृङ्खलाकाे अवसरमा उक्त पुरस्कारको घोषणा गरिएको हो।

राप्ती साहित्य परिषद्का जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीकाे अध्यक्षतामा अायाेजित कार्यक्रमका प्रमुख अतिथि प्रलेस नेपालका केन्द्रीय सचिव साहित्यकार गिरीप्रसाद बुढाले ‘मृत्यु तथा जन्म संस्कारमा फजुल खर्च नगरी आफूसँग भएको रकम यसरी सिर्जनशील कार्यमा लगाएर ओली परिवारले समाजलाई राम्रो शिक्षा दिएको’ विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि अक्षयकाेष संस्थापक राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य पूर्ण ओली, मृतक योगमाया ओलीका पति यक्कबहादुर ओली, साहित्यकार एक्कबहादुर केसी, परिषद्का जिल्ला सल्लाहकार तथा आहा सञ्चार साप्ताहिकका प्रकाशक तथा सम्पादक मेगराज खड्का, प्राइम टाइम टेलिभिजनका संवाददाता भरत चन्दलगायतले बाेल्नु भएको थियो । यस अक्षयकोषकाे प्राप्त ब्याजबाट प्रतिवर्ष ७० प्रतिशत रकम कर्णाली प्रदेशको साहित्यिक उन्नयनमा योगदान दिने एकजना व्यक्तित्वलाई पुरस्कृत गर्ने तथा बाँकी ३० रकम गाउँकै स्थानीय विद्यालयमा अध्ययनरत दुईजना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रममा जानकारी दिइएको थियो ।

पुराना ठाडीभाका गीतमा अभिरुची राख्नुका साथै विद्यालय व्यवस्थापन एवं सामाजिक क्षेत्रमा याेगदान पुर्याउँदै आउनु भएकी योगमाया आेलीमा अन्तरनिहित प्रगतिशील विचारको चर्चा गर्दै श्रद्धाञ्जली मन्तव्य राखिएको उक्त कार्यक्रममा कवि, कलाकारहरूले मृतक याेगमायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँकाे सम्झनामा रचनासमेत वाचन गरेका थिए ।

परिषद्का सल्लाहकार मेगराज खड्काकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण परिषद्का शाखा सल्लाहकार मुकुन्दप्रसाद शर्माले गर्नुभएको थियो ।

Facebook Comments