• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल मगर पत्रकार संघ दाङको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा बुढा




घोराही, २ भदौ ।

नेपाल मगर पत्रकार संघ दाङको प्रथम अधिवेशन सम्पन्न भएको छ । साउन ३० गते घोराहीमा सम्पन्न भएको उक्त अधिवेशनले शान्तकुमार बुढा मगरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्ष जितसागर जिएम, सचिवमा वर्षा मगर, सह–सचिवमा भिउमान पुन मगर, कोपाध्यक्षमा टोपेन्द्र रोका मगर चयन हुनुभएको छ ।No description available.

सदस्यहरुमा हिमाल पुन मगर, रोम थापा मगर, शुसिला घर्ती मगर चयन हुनुभएको छ । मगर पत्रकार संघ दाङकी निर्वतमान अध्यक्ष रेखा मगरको अध्यक्षता तथा नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य लक्ष्मण बुढा मगरको प्रमुख आतिथ्यता र मगर संघ दाङका अध्यक्ष खलु प्रसाद पुन मगरको विशिष्ट आतिथ्यतामा प्रथम अधिवेशन भएको थियो ।No description available.

अधिवेशनले ८ सदस्यीय कार्यसमिति चयन गरेको र अन्य कार्यसमित सदस्य थप गर्न बाँकी रहेको सचिव वर्षा मगरले जानकारी दिनुभयो । नयाँ कार्यसमितिको सल्लाहकारमा निर्वतमान अध्यक्ष रेखा मगर, दिपक जिएम, निमुसंगम घर्ती मगर र जेएन सागर रहनुभएको छ ।

Facebook Comments