• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेमा विपद पीडितका लागि राहत प्याकेज घोषणा




मदन बिसी/रुकुमकोट

सिस्ने गाउँपालिका वन वातावरण तथा विपद व्यवस्थापन समितिको बैठकले प्राकृतिक विपद पीडितका लागि राहत प्याकेजको घोषणा गरेको छ । बुधबार वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक मिना केसीको अध्यक्षतामा बसेको बैठकले राहत प्याकेज घोषणा गरेको हो ।

प्राकृतिक प्रकोपका कारण घर बास, जग्गा जमिन गुमाएकालाइ विपदको प्रकृति हेरि राहत उपलब्ध गराउने निर्णय गरिएको समिति संयोजक केसीले बतानुभयो । उहाँका अनुसार विपदबाट पुर्ण रूपमा घर गुमाएकालाई १५ हजार र आंशिक क्षति भएकालाइ ८ देखि १० हजार राहत उपलब्ध गराउने निर्णय भएको छ ।

यस्तै बाढी पहिरोका कारण अन्य भौतिक संरचनाको क्षति भएमा २ देखि ५ हजारसम्म राहत उपलब्ध गराउने समितिले निर्णय गरेको छ । हावाहुरीबाट अन्य कुनै अन्न बालीमा क्षति भएमा २ देखि ४ हजारसम्मको राहत प्रदान हुनेछ ।

विपदका कारण पानी र विद्युतिय घट्ट पुर्ण रुपमा क्षति भएमा ५ हजार र प्राकृतिक प्रकोपका कारण मानविय क्षति भइ मृत्यु भएमा १५ हजार राहत दिने पनि निर्णय भएको समिती संयोजक केसिले बताउनुभयो ।

विपद पीडित राहत लिन आउँदा घटना स्थलको फोटो, प्रहरी मुचुल्का र सम्बन्धित वडा कार्यालयको सिफारिस र नागरिकता लिएर आउनुपर्ने छ ।

Facebook Comments