• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादीले राखेको पार्टी एकताको प्रस्ताव एकीकृत समाजवादीद्वारा स्वीकार




नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नेगरी बनाउन लागिएको एकता संयोजन समितिबारे छलफल गर्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ।

१ भदौमा बसेको पदाधिकारी बैठकले माओवादी अध्यक्ष प्रचण्डको एकता संयोजन समिति बनाउने प्रस्ताव स्वीकार गरेको हो।

त्यसबारे छलफल गर्ने जिम्मा अध्यक्ष नेपाललाई दिइएको प्रवक्तासमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

‘एकता संयोजन समितिका लागि पार्टी अध्यक्षले कुरा गर्नुहुनेछ,’ खतिवडाले भने, ‘बैठकले अनुमति दिएको छ।’

बैठकले प्रतिनिधि सभाको सिट वाँडफाँट गर्दा अहिले पाँच दलले पाएकै सिटलाई आधार मानेर एमालेले जितेका प्रत्यक्षतर्फका ८१ सिटको भागवण्डा गरेर जानुपर्ने प्रस्ताव अघि बढाउन सुझाव दिएको छ।

पदाधिकारी बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार बन्ने मापदण्ड तय गरेको छ।

यस्तै एकीकृत समाजवादीले भदौ ९ गते पार्टीको स्थापना दिवस मनाउने उनले बताए।

Facebook Comments