• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी स्थायी समितिमा एकैपटक दश महिलाको प्रवेश (स्थायी समिति सदस्यहरुको सूचिसहित)




नेकपा माओवादी केन्द्रको स्थायी समितिमा यसपटक धेरै महिलाले प्रवेश पाउने भएका छन् । ४५ सदस्यीय स्थायी समितिलाई समावेशी बनाउन धेरै महिला थप गर्न लागिएको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा स्थायी समितिलाई पूर्णता दिने विषयमा कुराकानी भएको र त्यस क्रममा १० भन्दा धेरै महिलालाई पहिलो पटक स्थायी समितिमा प्रवेश गराउने विषयमा छलफल भएको थियो । यसअघि माओवादी केन्द्रमा पम्फा भुसाल एक मात्रै स्थायी समिति सदस्य थिइन् ।

माओवादी एक स्थायी समिति सदस्यका अनुसार पूर्व सभामुख समेत रहेकी ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, पूर्णकुमारी सुवेदी, अञ्जना विसंखे, यशोदा सुवेदी गुरुङ, अमृता थापा, कमला रोक्का, रेखा शर्मा उर्मिला अर्याल लगायत स्थायी समितिमा पर्ने निश्चित जस्तै भएको एक नेताले बताए । माओवादीको स्थायी समितिमा यसअघि पम्फा भुसाल मात्र सदस्य थिइन् ।

माओवादी केन्द्रले भदौ २ गते विहान ९ बजे स्थायी समिति बैठक बोलाएको छ । यो बैठकमा नयाँ सदस्यहरुको पनि सहभागिता रहनेछ ।

यस्तो रहनेछ माओवादीको सम्भावित स्थायी समिति

पुष्पकमल दाहाल प्रचण्ड

नारायणकाजी श्रेष्ठ

कृष्णबहादुर महरा

देव गुरुङ

बर्षमान पुन

जनार्दन शर्मा

पम्फा भुसाल

गणेश साह

गिरिराजमणि पोखरेल

हरिबोल गजुरेल

शक्ति बस्नेत

चक्रपाणि खनाल

देवेन्द्र पौडेल

मात्रिका यादव

लिलामणि पोखरेल

हितमान शाक्य

हितराज पाण्डे

राम कार्की

डिलाराम आचार्य

कालीबहादुर मल्ल

खगराज भट्ट

जयपुरी घर्ती

ओनसरी घर्ती

शशी श्रेष्ठ

पूर्णकुमारी सुवेदी

अन्जना विसंखे

यशोदा सुवेदी गुरुङ

अमृता थापा

कमला रोका

रेखा शर्मा

उर्मिला अर्याल

महेश्वर गहतराज

हकिकुल्ला खाँ

Facebook Comments