• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा रोल्पाले जिल्ला प्रशासनमार्फत बुझायो प्रधानमन्त्रीलाई मागपत्र




खुमबहादुर सुनार रोल्पा
नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जिल्ला प्रशासन कार्यालय रोल्पामा पुगी मागपत्र प्रस्तुत गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई मागपत्र पेश गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच भएको तीन बुदे सहमति कार्यन्वन गर्न, रास्ट्रघाती रोग भनेकै एम सि सि र ए पि पि सम्झौता खारेज गर्न, नेकपा महासचिव बिप्लव लगाएत नेताहरु जारी गरिएको पक्राउ पुर्जी खारेज गर्न आकाशिदो महङ्गो, भ्रष्टाचार, कालाबजारी नियन्त्रण गर्न नेपाल कम्युनिस्ट पार्टि रोल्पाले जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्री कार्यलय सिंहदरबारलाई माग पत्र बुझाएको हो ।

विगत लामो समयदेखि राष्ट्रिय स्वाधीनताको पक्षमा संयुक्त संघर्षको दौरानमा रहेको र जनतन्त्र, जनजिवीका असिमित मुल्यबुद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करी लगाएतका राष्ट्र र जनताको हित विपरितका कार्यहरु विरुद्धमा हामी निरन्तर संघर्षरत रहेको कुरा अबगत गराउदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई मागपत्र पेश गरिएको जनाइएको छ ।

साथै ४ क्रान्तिकारी कम्युनिस्ट पार्टी विगत लामोसमय देखि राष्ट्रघाती एमसिसि सझौता र एसपिपि परियोजनाको विरुद्ध निरन्तर आन्दोलनमा रहेको अवगत गराउदै तत्काल भ्रष्टाचार रोक्ने र असिमितरुपमा बढिरहेको मुल्यवृद्धी नियन्त्रण गर्न माग गर्दछौ । विगतमा भएका राष्ट्रहित विपरितका असमान सन्धि तथा सझौताहरुका कारणले गर्दा नेपालमा विदेशी हस्तक्षेप बढेको छ जसको कारणले नेपालको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक सिमा अतिक्रमण लगाएतका समस्याहरु जटिल बन्दै गएको छ । असमान सन्धि तथा सझौताहरु खारेज गर्न माग गर्दछौ । रोल्पा जिल्ला सेक्रेटरि दिनेश बिक्रम चन्दले ज्ञापनपत्र बुझाउनुभएको हो ।

Facebook Comments