• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा नियमित बिद्युतका लागि स्थानीय सरकारको पहल सार्थक बन्दै




मदन बिसी/रुकुमकोट
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा विगद लामो समय देखि विद्युत सेवा अनियमित हुदैँ आएको थियो । रुकुमकोट र आसपासका नागरिकले नवभिजन जलविद्युत आयोजनाको स्थानिय विद्युत बाल्दै आएका थिए । सदरमुकाम स्थापना भएपछि बढदो जनसङख्या र उद्योगको विस्तारले विद्युतको माग बढि रह्यो । तर नवभिजनसंग विद्युतको क्षमता बढाउन कुनै उपाए थिएन । सदरमुकाममा विद्युतको समस्या घटनुको साटो बढि रह्यो ।

नवभिजनको क्षमता भन्दा बढि रुकुमकोटले विद्युत मागि रह्यो । माग पुरा गर्ने नवभिजनसंग क्षमता भएन । गाउँपालिकामा सञ्चालनमा रहेका अन्य जलविद्युत नवभिजन भन्दा बढि क्षमताका थिएनन् । तत्कालिन सिस्ने सरकारका प्रतिनिधिले त्यसको विकल्प नखोजेका पनि होइनन् । रुकुमकोटको विद्युत सुधार गर्न केन्द्रिय प्रशारण लाइनको विद्युत जडान गरियो ।

पहिलो चरणमा जिल्ला स्थित सरकारी कार्यालय र ५ नम्बर वडामा केन्द्रिय प्रशारण लाइनको विद्युत बालियो । स्थानिय विद्युत भन्दा केन्द्रिय प्रशारण लाइनको विद्युत भरपर्दाे र गुणस्तरिय देखियो । सरकारी कार्यालय र ५ नम्बर वडाको देखेर ६ का स्थानियले पनि केन्द्रिय प्रशारण लाइनको विद्युत माग गरे ।

स्थानियको माग बमोजिम रुकुमकोटका ५ र ६ दुवै वडामा स्थानिय विद्युत कटौति गरि केन्द्रिय प्रशारण लाइनको विद्युत जडान गरियो । जडान गरेको सुरुका केहि महिना विद्युत आपूर्ति राम्रै थियो । करिव पाचँ छ महिना पछि नवभिजन जस्तै केन्द्रिय विद्युत पनि अनियमित हुने भोल्टेज कम आउने समस्या देखिन थाल्यो ।

विद्युत आपूर्ति नियमित बनाउन जनप्रतिनिधि र स्थानियले प्राधिकरणको कार्यालय रुकुमकोटमा निवेदन र गुनासो दिने क्रम चलि रह्यो । कार्यालयमा जति गुनासाका चाङ लागे पनि विद्युतमा कुनै सुधार देखिएन । प्राधिकरणका कर्मचारीले यो त्यो बाहनामा सेवाग्राहीलाई ढाटी रहे । समय वित्दै गयो ।

समय क्रम अनुसार ३० बैशाखमा देशभर नयाँ जनप्रतिनिधि छनोटका लागि स्थानिय चुनाव सम्पन्न भयो । स्थानिय चुनावबाट रुकुमकोटले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पायो । अध्यक्षमा माओबादी केन्द्र्रका प्रदेश कमिटि सदस्य तथा सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मी र उपाध्यक्षमा एमालेका जिल्ला पाटी सचिव गोपाल रेउले लोकप्रीय मतका साथ विजय हुनुभयो । समय, तिथि, मिति र सत्ता फेरियो तर रुकुमकोटको विद्युतको हालत उस्तै थियो ।

जुनकिरी झै झामाक र झिमिक गर्दै आउने विद्युतले दिउसोमा कार्यालयका कर्मचारी र व्यापारीलाई दिक्क बनाएको थियो । साझमा भान्सामा बस्ने आमा र दिदिबहिनीलाई अध्यारोमा खाना पकाउन उस्तै सास्ती । स्कुले विद्यार्थीलाई सकस । नयाँ जनप्रतिनिबाट नागरिकको आस कम थिएन । हुनु पनि स्वाभाविक थियो ।

पुराना जनप्र्रतिनिधि जस्तै नयाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पनि विद्युतलाई नियमित र गुणस्तरिय बनाउन विद्युत कार्यालय धाइ रहे । प्राधिकरणका कर्मचारीले सल्यान र रुकुम पश्चिममा लाइन फल्ट हुदाँ जिल्लामा विद्युत अवरुद्ध हुने गरेको प्रतिकृया दिए । जति कार्यालय धाए पनि समस्या जिउको तिउ रहि रह्यो ।

जिल्ला स्थित प्राधिकरणको कार्यालयमा धाएर समस्या समाधान हुने नदेखिए पछि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष प्राधिकरणका कार्यकारी निर्देशक समक्ष पुग्ने निधो गर्नुभयो । निर्वाचित भएको महिना दिन पछि जिल्लाको समस्या लिएर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटन काठमाडौ पुग्नु भयो । घिसिङ समक्ष गाउँपालिका अध्यक्ष र उपाध्यक्षले जिल्लामा भइ रहेको विद्युतको समस्या बारे लिखति र मौखिक जानकारी गराउनुभयो ।

छलफलका क्रममा अध्यक्ष रेग्मीले बारम्बार विद्युत अवरुद्ध हुदाँ सदरमुकाम रुकुमकोट लगायत आसपासका क्षेत्रमा अन्धकार हुँदै आएको जानकारी गराउनुभयो । विद्युतको समस्याले नागरिकलाई दिनहु सास्ती हुँदै आएको उपाध्यक्ष रेउलेले थप्नुभयो ।

पानी पर्न सुरु गर्दा पूर्ण रुपमा विद्युत बन्द हुने र आएपनि भोल्टेज कम आउने समस्या दुवैले सुनाउनुभयो । विद्युत अवरुद्ध हुदाँ जिल्लामा संचालित खानेपानी, सञ्चार र स्वास्थ्य लगायत विभिन्न उद्योगहरुमा प्रत्येक्ष असर पुग्दै आएको छ अध्यक्ष रेग्मीले भन्नुभयो जनता अन्धकारमा विद्युतिय उद्योग बन्द छन ।

रुकुमको गुनासो सुनेपछि कार्यकारी निर्देशक घिसिङले अनियमित विद्युत तत्काल सुधार गर्न जिल्ला स्थित विद्युतका कर्मचारीलाई निर्देशन दिनुभयो । छलफलकै क्रममा त्यहाँ किन ? के कति कारणले विद्युत अनियमित भइरहेको छ ? घिसिङले जिल्ला स्थित विद्युतका कर्मचारीलाई सोध्नुभयो भएका पूर्वाधारमा समस्या भए सुधार गर्नुस । नयाँ प्रविधिको आवश्यक भए माग गर्नुस् । उहाँले भन्नुभयो विद्युत अनियमित हुन भएन ।

रुकुम पुर्वमा देखिएको विद्युतको समस्या समाधान गर्न प्राधिकरण गम्भिर भएर लाग्छ घिसिङले भन्नुभयो समस्या कहाँ छ पत्ता लगाई समाधान गर्न भन्छु । घिसिङले थप्नुभयो ढिलोमा एक हप्ता भित्र रुकुमको विद्युतमा सुधार आउँछ । घिसिङले भने झै तिन चार दिनमा रुुकम पूर्वको विद्युतको चाल फेरियो । सधै जसो आउने र जाने टुंगो नहुने विद्युत दैनिक आउन थाल्यो ।

विद्युतको विकल्पमा अन्य उज्यालो दिने समग्री खरिदमा ध्यान दिएका कतिपय नागरिकहरु विद्युतको उज्यालो मै मस्त भए । विद्युत नियमित भएसंगै अफिसका कर्मचारीहरु ल्यापटप र डेस्कटपमा, स्कुले विद्यार्थी कापी र कमलमा व्यस्त रहे । साझमा खाना पकाउने आमा खुसि हुदैँ भान्सा तिर लाग्छिन ।

पढन लेख्न जागँर नलाउने विद्यार्थीलाई हिजो आज बुवा आमासंग बाहाना बनाउने ठाउँ छैन । आनन्दले उद्योगि व्यवसायिहरु आफनो व्यवसाय चलाइ रहेका छन । सञ्चार र खानेपानीको आपूर्ति नियमित छ । सदरमुकाममा बनिरहेका भौतिक संचरना बनाउने जिम्मा पाएका निर्माण व्यवसायिलाई सहज छ ।

विगतका बर्खामा विद्युत अनियमित हुन्थ्यो स्थानिय सुशिल गौतम भन्छन् बर्खामा पनि नियमित छ । फोन, इन्टरनेट, खानेपानी छ । वर्षा यामका तिन महिना रोकिने ग्रामिण सडक सञ्चालनमा छन यहि त हो नागरिकलाई चाहिएको । सत्ता पक्ष निकट नागरिकहरु भन्छन विपक्षी पनि सिस्ने सरकारको प्रशंसा गर्छन । नेपाल विद्युत प्राधिकरण रुकुमकोट वितरण केन्द्रका प्रमुख सुरेश कुमार चौधरी भन्छन जिल्लाको विद्युत आपूर्तिलाई थप व्यवस्थित बनाउन छिट्टै फिडर जडान गर्दै छौ ।

Facebook Comments