• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमका पाँचदेखि एघार वर्षका बालबालिकालाई भदौ ७ देखि फाइजर खोप




मदन बि सि/रुकुमकोट
रुकुम पूर्वका पाँच वर्षदेखि ११ वर्ष उमेर सम्मका बालबालिकालाई कोरोना भाइरस कोभिड विरुद्धको फाइजर खोप लगाइने भएको छ । भदौ ७ गते देखि ११ गतेसम्म पाँच वर्षदेखि ११ वर्ष उमेर समुहका बालबालिकालाई फाइजर खोप लगाउन लागिएको हो । बुधबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई तालिम क्रम जारी रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी निम प्रसाद गिरिले जानकारी दिनुभयो । उहाँ अनुसार भूमे र सिस्ने गाउँपालिकाका स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको छ । अब पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पनि भोलि बिहीबार देखि तालिम दिन सुरु गरिनेछ ।

पहिलो खोप लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको कूल जनसङ्ख्या ५८ हजार ९० मध्ये ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको सङ्ख्या ११ हजार ५ सय ७ रहेको छ ।

जसमध्ये पुथाउत्तरगङ्गा गाउँपालिकामा सबै भन्दा धेरै ४ हजार ७ सय १५, सिस्ने गाउँपालिकामा ४ हजार २ सय ८१ र भूमे गाउँपालिकामा २ हजार ६ सय ११ बालबालिकालाई फाइजरको पहिलो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जसका लागि पुथाउत्तरगङ्गामा ४१, भूमेमा ३३ र सिस्नेमा ४३ खोप केन्द्र निर्धारण गरिएको छ । विद्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक भवनलाई खोप केन्द्रको रुपमा प्रयोग गरिने बैठकले निर्णय गरेको छ ।

Facebook Comments