• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनतालाई दुख दिने काम बन्द गरौँ: मुख्यमन्त्री




लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आगामी वर्षको सरकारको काम तीव्रगतिमा काम गरी प्रदेशबासीको जीवनको सर्वाङ्गीण विकासका लागि सबै मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ । उहाँले आफसी समजदारीको नगरी जनतालाई दुख्न दिने काम नगरी दिनका लागि निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो:–“जनतालाई सेवा दिनका लागि सहज वातवरण निर्माण गरौँ, जनतालाई नघुमाऔँ, बरु हामी मन्त्री र मन्त्रालयहरु घुमेर समन्वय गरौँ, तर जनतालाई दुख नदिआँै ।

जनतालाई दुख दिने काम बन्द गरौँ” यस्तो कुरा आज मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा भएको मन्त्री र सचिवहरुलाई निर्देशन दिने क्रममा यस्तो निर्देशन दिनुभएको हो । छलफल कार्यक्रममा सबै मन्त्रालयले विगत आर्थिक वर्ष २०७८।७९ को बार्षिक समीक्षा समेत मन्त्रालयगत रुपमा छलफल गरिएको थियो ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले यस वर्ष सबैको सहयोगले नतिजा राम्रो निकालेका दावी गर्दै मन्त्री र सचिवहरुको बीचमा घतिभूत छलफल गरी समस्या सामाधान गरी कार्यन्वय गरी अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले प्रदेशकोबासीको जीवनलाई समृद्ध बनाउनको लागि मन्त्री र सचिवहरुले अन्तर मन्त्रालयको समन्वय सहकार्य गरी अगाडि बढ्नु पर्ने बताउनुभयो । मुख्यमन्त्री केसीले शुसासनलाई कायम गर्नका सबै जिम्मेवार बन्नु पर्ने बताउँदै सरुवा र बढुवा गर्नका कसैको भनसुनमा नगर्न निर्देशन गर्दै भन्नुभयो:–“हामी शुसासन कायम गरौँ, कसनैको भनसुन्मा नगरौँ, कार्य सम्पादन प्रणालीको आधारमा मात्रै गरौँ, विभिन्न संघ, संगठन लगायतको भनसुनमा होइन राम्रो कामका आधारमा गरौँ ।”No description available.

मुख्यमन्त्री सबैले मन्त्री र सचिवहरुले आफ्नो कार्य सम्पादन राम्रो परिणाम हाँसिल गरी अगाडि बढ्नका लागि निर्देशन दिर्दै सबैले आफ्नो भविस्यसँगै प्रदेशबासीको जनताको भविस्यलाई समृद्ध गर्नका लािग लाग्नु पर्ने बताउनुभयो । मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको गौरवको आयोजनामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर कपुरकोट मार्ग, लुम्बिनी टेक्निकल विश्वविद्यालयका योजनालाई सफल पार्नका लागि सबै सरकारका मन्त्री र सचिवहरुलले सहयोग गर्न समेत थप निर्देशन दिनुभयो ।

उहाँले लुम्बिनी प्रदेश सरकारका हरेक मन्त्रालयहरुले कार्य प्राथमिकताका योजना बनाई आगामी निर्वाचनसम्ममा परिणाम हासिल गर्ने गरी कार्यतालिका बनाएर अगाडि बढ्नका लागि निर्देशन गराउनुभयो । उहाँले मन्त्रालयका विभिन्न कार्यालहरु मर्ज गर्न सकिने अवस्थामा भएर मन्त्रालयका निकार्यहरु मर्ज गरी कम कार्यालय कर्मचारीको संख्या बढाएर जनतालाई घरदैलोमा सेवा पुर्याउने कुरामा सोच्नका लागि निर्देशन गर्नुभयो । उहाँले भन्नुभयो:–“मन्त्रालयका निर्देशनलाई र विभिन्न अड्डाहरु कम गरौँ एकीकृत कार्यालयको अवधारणाा अगाडि बढौँ हामीले चालुखर्च त घटाई सुसासन कायम गरौँ ।”

सबै मन्त्रालयहरुले आफ्नो जनशक्ति र बजेटको आधारमा काम सकेजति कार्यन्यन गर्ने प्रयास गरिएको बताएका थिए । गत आर्थिक वर्षमा विविध कारणले भुक्तानीको विषयमा छलफल गरिएको छ । यसै आर्थिक वर्षका कार्यन्वयनका लागि कार्यविधि निर्माणको क्रमलाई तिव्रता दिई भाद्र महिनाको दोस्रो सातादेखि कार्यन्वयनमा लग्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रको सेवालाई तुरुन्त सुधार गर्नका लागि निर्देशन दिदैँ जनताको उपचारलाई सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नकना लागी सबै अस्पतालहरुलाई निर्देशन दिनका लागि मन्त्रालयलाई निर्देशन गर्नुभयो । लुम्बिनी प्रदेशमा जनताको जीवनलाई समृद्ध बनाउनको लागि कार्य विधि अप्ठ्यारो हुने गरी भन्दा पनि सेवा प्रवाह र कार्यन्वयको हकमा सहज बनाउनको लागि सबै मन्त्राी र सचिवहरुलाई निर्देशन निनुभयो ।

उहाँले भन्नुभयो–“कार्य विधि सबै मन्त्री परिषद्को बैठकमा नलिनुहोस कतिपय विषय त मन्त्रालयबाट नै समाधान गरी अगाडि बढ्नुहोस कामलाई छिटो छरिटो बनाउनुहोस् ।”्

Facebook Comments