• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उर्लिदो भेरीमा युवाहरू खेल खेल्ने पर्व मनाउदै संरक्षणको अभाव हुँदै




इन्द्र बुढाथोकी सल्यान १ भदौ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ अम्राका स्थानीय युवाले आज भदौ १ गतेलाई भेल खेल्ने चाडका रूपमा मनाएका छन् । देवस्थलको बनगाड खोलाको मोड देखि अम्रा सम्म ३ किलोमीटर पौडी खेलेर अम्राका १५/२० जना युवाहरूले पौडी खेलेर घिया त्यार हाे अथवा पौडीखेल्ने पर्व सधैका वर्ष जसरी यस वर्ष पनि मनाएको स्थानीय युवा दोर्ण यरिले जानकारी दिएका छन । यरिका अनुसार चाडपर्वको आगमन जनाउने यो चाड परम्परागत रुपमा मनाइदै आएको छ ।No description available.

लाेपउन्मुख हुँदैछ भेल खेल्ने पहिले सल्यानको नाम्रा, घटागाउ बुरेली र अम्रा र सुर्खेतको राकम, ठिग्नी, घोरेरीमा खेल्ने गरेकाे र हाल लाेप हुँदै गएको र यसको सरक्षणमा कसैको चासो दिएका छैन्न । हरेक वर्षको भदौ १ गते दिनका उक्त गाउँमा भुई छोड्ने भनेर युवाहरु भेल खेल्ने पर्व अहिले अम्राका युवाहरुले मात्र खेल्ने गरेका छन ।

भदौ १ गतेका दिने युवाहरू भेल खेल्ने र महिला तथा बालबालिका जंगल पुगेर पङ्गैको ( पिङ्ग) को लागि कैयार(खर) काटेर ल्याउने चलन रहेको छ । कोहि जमिन छोड्न भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पङ्गै खेलेर रमाईरहेका थिए । जंगलबाट काटेर ल्याएको कैयार(खर) बुढापाका र युवाले संयुक्त रूपमा डोरी बाटेर पङ्गै निर्माण गर्ने वताईन्छ ।

भेरीमा युवाहरुले भेल खेल्दा पून्य प्राप्ती हुने धार्मिक मान्यता समेत रहेको यरिको भनाई छ । पछिल्लो पुस्ताले भेल खेल्ने पर्वलाई सरक्षण गर्न जागरुक देखाएका छन भने यसलाई कुनै निकाय बाट सरक्षणको लागि पहल नभएको युवाहरूको गुनासो रहेको छ । यसको महत्त्वपूर्ण पर्व भएकोले यसलाई सरक्षण गर्नु पर्ने नरेश यरिले वताउने गरेका छन् ।

अम्राका स्थानीय वृद्धहरुका अनुसार पहिले पहिले टाढाटाढाबाट धेरै गाउका मानिसहरुले भेरीमा भेल खेल्ने आउने गरेको भएपनी अहिले स्थानीय अम्राका युवाहरूले मात्र वर्षाखाको भरिमा पौडी खेल्ने गरेका छन । तर आज भोलि यो पर्वलाई खासै महत्व नदिएको उनीहरुको भनाई छ ।

भाद्र संक्रान्तीका दिन मनाइने यो पर्वको धार्मिक महत्व रहेको जनाएको छ । विगत जस्तै यसपाली पनि भेरी नदिमा भेल खेल्नको लागि देवस्थलको बन्गाड खोलाकोमोडबाट भेल खेल्दै स्थानीय युवाहरु अम्रा घोरेरी नजिकै उत्रेका थिए । उलिर्दो भेरीको भेलमा धेरै युवाहरु कम्मरमा ‘चिन्ना’ वाँधेर उक्त भेलमा पसेका थिए ।

ठुलो युवा जमात लहरै लागेर उर्लिदो भेरी नदिमा डुवुल्की मार्दै उनिहरु भेलमा आनन्द लिरहेका थिए । पहिले एक दर्जन गाउका युवाहरुले भेल खेल्ने पर्व मनाउने मध्य अहिले खासै चासो दिएका छैन्न ।

Facebook Comments