• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेमा नयाँ आवको पहिलो बैठक, यस्ता छन् निर्णय ?




 

मदन बिसी/रुकुमकोट

सिस्ने गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । मङ्गलबार गाउँपालिकाको केन्द्र रुकुमकोटमा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।No description available.

बैठकमा गएको आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा गरिएको थियाे । आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि “परिश्रमिकमा आधारित आयोजना” सञ्चालनका लागि सशर्त अनुदान ५५ लाख १८ हजार बजेट प्राप्त भएकोमा वडामा सूचिकृत भएका बेरोजगार संख्याको आधारमा ८ वटा वडामा बजेट बिनियोजन गरी आयोजना सञ्चालन गर्ने निर्णय भएकाे गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।No description available.

उहाँका अनुसार चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतकै “युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना” सञ्चालनका लागि सशर्त अनुदानबाटकै २३ लाख ९७ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा वडामा सूचिकृत भएका बेरोजगार संख्याको आधारमा वडामा बजेट बिनियोजन गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।No description available.

चालु आर्थिक वर्षमै सशर्त अनुदान तर्फ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरकाे साउन २३ को सूचना बमोजिम सिस्ने गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुले साउन २९ गतेसम्म शिक्षा युवा तथा खेलकुद शाखामा पेश हुन आएका भौतिक पूर्वाधार र आइसिटी ल्याब लगायतका कार्यक्रमहरु स्विकृतिका लागि शिक्षा विकास तथा समन्यय इकाई मार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने निर्णय पनि पारित भएकाे छ ।No description available.

यस्तै सामाजिक विकास समितिले पेश गरेको सिस्ने गाउँपालिकाको अटो तथा इलेक्ट्रीक रिक्सा सञ्चालन व्यवस्थापन तथा नियमन सम्वन्धी कार्यविधि २०७९ र पशु सुत्केरी भत्ता (भैँसी) अनुदान सञ्चालन कार्यविधि २०७९ र पूर्वाधार विकास समितिले पेश गरेको पूर्वाधार एम्बुलेन्स सञ्चालन कार्यविधि २०७९ स्विकृत गरिएको छ ।

यसैगरी कार्यपालिका बैठकले वन, वातावरण तथा विपद व्यवस्थापन समितिले तयार पारेको मापदण्ड बमोजिम राहत उपलव्ध गराउने, जिल्ला प्रशासन कार्यालय परिसरमा घेराबार तथा मर्मत सम्भार कार्यका लागि पालिकाको आन्तरिक स्रोतबाट आवश्यक खर्च व्यहोर्ने निर्णय पनि भएको छ । यसका साथै गाउँपालिकामा साउन २४ गते देखि हाजिरी हुनु भएका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहलाई कार्यपालिकाले स्वागत गरेकाे छ ।

Facebook Comments