• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आशा परियोजना अन्तर्गत बिरुवा बितरण




 

नवीन पि.एम

जिल्लाको बनगाड कुपिन्डे वडा न ९ मा आशा परियोजना (साझेदारी कार्यक्रम) अन्तर्गत हिजो मंगलबार बिरुवा बितरण कार्यक्रम सम्पन्न भएकोछ आशा परियोजना लापा समुह भि ४ तथ्याङ्कमा नाम उल्लेख रहेका करिब १४० घर धुरिलाई बिभिन्न प्रजातिका बोट बिरुवा बितरन गरिएको छ. साथ साथै उल्लेखित लापा समुहको अनुमती, स्विकृतिमा वडाका करिब ३०० अन्य घरधुरिलाई पनि केहि बोट बिरुवा बितरण गरिएको थियो ।

पहाडी साना किशानका लागी अनुकलन आयोजना जिल्ला आयोजना स.इकाइ सल्यान सँग छुट्टा छुट्टै ५ वटा लापा समुह गठन गरिएको थियो ।

जस्मा ठन्डारा ,तल्लो जयतपानी भङेरी लाई समेटेर भङेरी ३५ सदस्यिय भङेरी टिमुर खेती लापा समुह ले १२२५० टिमुर ,१०५० तेज पात ,कृसी औजार ,स्वारा, मथिल्लो गिठाचौर, सेरा २८ घर धुरी समेटेर उन्नती फलफुल खेती लापा समुह १६०० एभाकाडो १६८० किवी ,गिठाचौरलाई समेटेर २० सदस्सिय गिठाचौर फलफुल खेती लापा समुहले ७०० सुन कागती ग्राफ्टेड ,७००स्थानिय तेह्रथुम कागती ग्राफ्टेड,स्वारा,तल्लो स्वारा र रातामाटालाई समेटेर ३२ सदस्सिय स्वारा सम्बृदी लापा समुहले १०२४ सुन कागती ग्राफ्ट्व्ड ,९६० तेह्रथुमे कागती ग्राफ्टेड बिरुवा र रातामाटा, स्वारा जिउला, ज्यामिरे जिउलालाई समेटेर २८ सदस्सिय आधुनिक फलफुल खेती लापा समुहले १००० कलमी आप, १००० लिची गरी करिब २२ हजार बिभिन्न प्रजाती फलफुल तथा जडिबुटिका बोट बिरुवाहरु बितरन गरिएको थियो ।

कार्यक्रम कार्यन्वयनको लागी श्रवान १५ गते यता सम्झौता भइ यही श्रावन ३० सम्म सम्पन्न भएको छ ।खाल्डा खन्ने ,बिरुवा रोपन गर्ने ,सिचाइ गर्ने बारबेर गर्ने स्वयम समुदायको लगानी र बिरुवा खरिद तथा ब्यबस्थापनको लागी आशा परियोजना (साझेदारी कार्यक्रम) अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको थियो ।जलबायुमैत्री उक्त कार्यक्रम बर्सादको कमी, छोटो समयका कारण केहि चुनौती रहे पनि बहुसङ्ख्यक जनसमुदायको उत्साह जनक उपस्थितीमा प्रभावकारी रुपमा सम्पन्न भएको स्थानिय जनता बताउछन ।

कार्यक्रम बाट धेरै भन्दा धेरै समुदायलाई लाभान्वित गर्नको लागी ९ नम्बर वडा अध्यक्ष रुद्र बहादुर परियार र अन्य वडा सदस्यहरुको उपस्थिती र निगरानी रहेको थियो ।समुदायलाई परम्परागत खेती बाट ब्यवसायिक खेती प्राणाली तिर आकर्शित गर्न सकिन्छ कि भन्ने उदेश्यले वडाका स्थानिय समाजसेवी कमल डागी लगाएत थुप्रै जनसमुदायको सहकार्य रहेको र जन समुदायले प्राप्त गरेका बिरुवाहरुको रोपेपछी आउँदा दिनमा त्यस्को सही सिचाइ,गोड्मेल र रेखदेख गरी जगेर्णा गर्न सके केहि बर्समै जनताको आयस्रोत-आम्दानिमा ठुलै टेवा पुग्ने कुरा आशा नेपाल सल्यानकि सामाजिक परिचालक गिता कुमारी पुन ले बताउनु बताइन

Facebook Comments