• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुस्लिम समुदाय भर्याङ मात्र बन्नुभएन ः मन्त्री मेटमणि चौधरी




भाद्र १, कृष्णनगर ।

सहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भ¥याङ मात्र नबन्न आग्रह गरेका छन् ।

जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ । प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान रहेको छ । तर सधैँ किन भ¥याङ मात्र बन्ने ?’
सिमान्तकृत समुदायले अब नेतृत्व दावी गर्नुपर्ने बेला आएको बताउँदै सहरी विकास मन्त्रीले थपे, ‘उम्मेदवारी दिनुहोस् , नेतृत्व दावी गर्नुहोस् ।’

कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलानाहरु र प्राथमिक देखि माध्यामिक तहका विद्यालयहरुलाई दिँदै आएको सरकारी रकम निकै कम भएकाले मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेको सुनाए । त्यसैगरि उनले होस्टेल, पर्खाल र भवन मर्मतका लागि सहरी मन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए ।

मन्त्री चौधरीले मदरसाका विभिन्न भवन, होस्टेल, कार्यालय निरिक्षण गर्नुका साथै समस्या समाधानमा विशेष पहल समेत गर्ने बताए ।

 

Facebook Comments