• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा प्रथम राष्ट्रिय लोक नृत्य प्रतियोगिता सम्पन्न




खुमबहादुर सुनार
लिवाङ राेल्पा

राेल्पा जिल्ला राेल्पा नगरपालिका वडा ४ मा अाज निजी तथा अावासीय विद्यालय अर्गनाइजेसन नेपालकाे जिल्ला शाखा, राेल्पाकाे जिल्लास्तरीय लाेकनृत्य छनाेट प्रथम प्रतियाेगिता राेल्पा काे लिवाङमा मंगलबार सम्पन्न गरेको छ ।
रोल्पाको जिल्लाकाे सरमुकाम लिबाङमा प्रथम राष्ट्रिय लोकनृत्य प्रतियोगिता अायाेजक प्यावशन जिल्ला शाखा रोल्पाका अध्यक्ष नौलसिंह पुन मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिमा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति ले बल्दै राेल्पा जस्तो रहेक क्षेत्रमा पछि परेको ठाउँमा अहिले यस्तो विकास हुनु भने हामी सबै भागेमानि थानु पर्छ , हामी राेल्पाली गरिव भए पनि हाम्रो पतिभा भने कुनै पछि परेको छैनन् राेल्पा जस्तो कलाकार क्षेत्रबाट काेहि नभए एउटा महिला भएर अाफ्नाे लक्ष्य र उदेश्य पूरा गर्नकाे लागि अगाडि हिड्ी रहेकी राेल्पाली भने चिने शान्तीश्री परियार , ज्याेतिमगर , शनि विश्वकर्मा , जस्ता थुप्रै कलाकारहरू उत्पादन भएका छन, हामीले हाम्रो संस्कारलाई कहिले पनि छाेडनु हुदैनन् , अाफ्नाे जातजाति अनुसार कपडा लगाए पछि जस्तोसुकै ठाउँ पनि अाफ्नाे देश र जातकाे पहिचान बदाउ छ । थापाले म भारत बाट राेल्पा अाउदा एउटा दुईता वाेडिन् थियो तर अहिले धेरै अंग्रेजी माध्यमकाे लागि वाेडिङ स्कुल अतिनै चलन थाले त्याहा सबै किसिम किसिम कियाकलप पनि गर्दछ अहिले सरकारी विद्यालमा यस्तै प्रतिभा छ अझै बदाउनु छ भनु भयो थापाले । विशिष्ट अतिथि नेपाल कम्युनिष्ट एमाले रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढा मगर अन्य अतिथिहरू नेपाली काँग्रेस रोल्पाका प्रतिनिधि कर्ण बहादुर खड्का अनुरागी, नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र रोल्पाका सचिव पुर्ण के सी, नेकपा एकिकृत समाजबादी रोल्पाका सचिवालय सदस्य प्रताप घर्तिमगर, जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुसाल, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, रेडियो जलजलाका स्टेशन म्यानेजर देबि गुरुङ , कान्तिपुरटेलिभिजन प्रतिनिधी मिनराज राेका , मालश्री रेडियो प्रतिनिधि राजेश नेपाली , राेल्पा समाचारपत्रिका लगाएत जिल्लामा आबद्ध पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा ५ वटा बिद्यालयका विद्यार्थिहरुले सहभागिता जनाएका थिए । जसमा तुलसी आवासिय माध्यमिक विद्यालय लिबाङ रोल्पा प्रथम , रोल्पा सनलाइट बोडिङ स्कुल रूनिबाङ रोल्पा द्धितिय, ज्ञान मन्दिर विद्यालय खुङग्री तृतिय र ब्राइट फ्युचर इङलिस बोडिङ स्कुल लिबाङ रोल्पा सान्तवना भएको थियो । प्रतियोगिताको निर्णायकमा बालकल्याण नमुना माध्यमिक विद्यालयका शिक्षक नृत्य निर्देशक, बरिष्ठ कलाकार ओम बहादुर सेन, सुनछहरी कला केन्द्रका अध्यक्ष दिपिन थापा रहनु भएको थियो । प्यावसन केन्द्रको वार्षिक कार्यतालिका अनुसार माध्यामिक तहका विद्यार्थीहरु बाट उत्कृष्ट प्रतिभा छनौट गरि राष्ट्रिय तथा अन्तरष्ट्रिय स्तरमा उनिहरुको स्थान बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको हो । लुम्विनी प्रदेश भरिका १२ वटा जिल्लाबाट छानौट भएका १–१ जनालाई भाद्र १५ गते भित्र प्रदेशमा प्रतिस्पर्धा गराइ केन्द्रमा पठाइने प्यावसन रोल्पाले जनाएको छ । जिल्ला प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्धितियलाई १० हजार, तृतिय लाई ७ हजार र सान्तवना स्थान लिनेलाई रु ५ हजार पुरस्कार र प्रमाण पत्र समेत प्रदान गरिएको थियाे ।
राेल्पा जस्तो विगत ठाउँमा कुनै माध्यम नपाएर तथा लुकेर रहेको लोक नृत्यलाई केन्द्र सम्म पुराउने उदेश्यले आयोजना गरिएको यस प्रतियोगितामा प्रदेशबाट छनौट भएकाहरु मध्यलाई असोज सम्म केन्द्रमा प्रतिस्पर्धा गराइ सक्ने प्यावसन केन्द्रको कार्यतालिका रहेको छ । केन्द्र र प्रदेशमा स्थान लिनेहरुका लागि पनि उचित पुरस्कारको व्यवस्था रहेको प्यावसन रोल्पाले जनाएको छ । प्यावशन जिल्ला शाखा रोल्पाका उपाध्यक्ष मधु के सीको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन प्यावशन जिल्ला शाखा रोल्पाका सदस्य कमल वलिले गर्नुभएको थियो।

Facebook Comments