• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तिमा प्रमुख प्रशासकीय अधिकृत रिजालको बिदाई




जगत खनाल
राप्ती गाउँपालिका बाट सरुवा भै बिजयनगर गाउँपालिका कपिलवस्तु जान लाग्नु भएका प्रमुक प्रशासकीय अधिकृत शोभाराम रिजालको आज एक कार्यक्रम बिच बिदाई गरिएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको उक्त बिदाई कार्यक्रममा मायाको चिनो र नेपाली धाका टोपी लगाएर अध्यक्ष बिष्टले अधिकृत रिजाल लाई बिदाई गर्नु भएको हो ।
२०७६ माघ २२ गतेदेखी प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रिजालले राप्ती गाउँपालिका बासीको मन जित्न सफल हुनु भएको थियो । कुसल कार्यदक्षता प्रस्तुत गर्नु भएका रिजालले राप्ती गाउँपालिकाको विकासमा अहम् भुमिका खेल्नु भएको उक्त कार्यक्रममा बोल्ने वक्ता हरुले बताएका थिए ।
राजनीतिक रुपमा केहि असहमति रहेका कारण बजेट प्रस्तुत गर्ने दिन बहिष्कार गरेका एमालेवाट निर्वाचित जनप्रतिनिधि हरुले आजको बिदाई कार्यक्रमपनि बहिष्कार गरेका थिए । समन्वय कारी भुमिका नखेलेको भन्दै एमाले निकट जनप्रतिनिधि हरुले रिजालको चर्को आलोचना गर्दै आएका थिए ।                                   भने एमालेको वैठममा बोलाइ रिजालबाट स्पष्टीकरण पनि सोधिएको नाम नबताउने शर्तमा एमालेका एक स्थानिय नेताले बताएका छन ।
राप्ती गाउँपालिकामा नयाँ कार्यकारी अधिकृतको रुपमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको आर्थिक तथा सहकारी मन्त्रालयमा कार्यरत नेप बहादुर ओलि आउन लाग्नु भएको अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनु भएको छ ।

Facebook Comments