• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला




घोराही उपमहानगरपालिका वडा नं. – १७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेला मार्फत कमिटी गठन गरिएको छ ।

घोराही उपमहानगर पालिका कमिटिका सभापती श्रीधर पान्डेको अध्यक्षता र जिल्ला कमिटीका सभापति ओपेन्द्र दाहलको प्रमुख आतिथ्यतामा भएको भेलाले ११ सदस्यीय कार्य समिति चयन गरेको हो । जसको सभापति त्रिभुवन पौडेल ,उप-सभापति शोभा शर्मा, सचिवमा सुनिल कुमार रेग्मी सर्वसहमती बाट चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा धन बहादुर नेपाली ,एकराज शर्मा,बिशाल शर्मा,शिवप्रसाद भुषाल,पदमप्रसाद रेग्मी,डिल्लिबहादुर खत्री ,लक्ष्मी खत्री,प्रदीप भुषाल रहेको कुरा नगर उप-सभापति सुमित्रा बिकले जानकारी दिनुभयो ।

भेलामा जिल्ला सभापतिले राष्ट्रिय राजनीतिमा आफुलाई लोकतान्त्रिक पद्धतिको हिमायती ठान्ने र अर्को सर्वहारा बर्गको हिमायती ठान्ने ठुला पार्टीहरुको पतन हुनुका कारण र राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिनुको कारण तथा महत्त्व बारे स्प्रस्ट पार्नु भएको थियो ,भने जिल्ला उप-सभापतिले पार्टी को सांगठनिक संरचना बारेमा स्पष्ट पार्नु भएको थियो । साथै जिल्ला सचीवले पार्टीको सैधान्तिक एवं राजनीतिक एजेन्ड बारेमा प्रकाश पार्नु भएको थियो । साथै उक्त कार्यक्रममा सहभागी भएका युवाहरूले देश र जनता सबैको साझा फुलबारी भएकोले पबित्र सोचका साथ गोडमेल गरेर हराभरा बनाउन आग्रह गर्नुका साथै राजनीतिको नाममा अराजनीतिक गुन्डागर्दी र लाजनिती नगरन खबरदारी गरेका थिए ।

कार्यक्रम समापनको क्रममा सभापति पान्डेयले पार्टीले देशभर आक्रामक रुपमा संगठन विस्तार गरिरहेको कुरा जानकारी गराउनुका साथै देशभरी ब्याप्त भ्रष्टाचारको अन्त्यका लागि जनताले सचेतना पुर्वक आ-आफ्नो ठाउँंबाट भुमिका खेल्नुपर्ने बेला आएको कुरा बताउनुभएको थियो । भने कार्यक्रमको सहजीकण घोराही उपमहानगर पालिका सचीव गणेश भन्डारिले गर्नुभएको थियो ।

Facebook Comments