• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेमा पूर्वाधार एम्बुलेन्सको प्रभावः यो बर्ष बर्षातको महसुस भएन




मदन वि.सी रुकुमकोट
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्स सेवा नागरिकमैत्री देखिएको छ । गाउँपालिकाले साउनको पहिलो साताबाट पूर्वाधार एम्बुलेन्समार्फत कामकाज सुरु गरिरहेको छ । बर्खाको समयलाई मध्यनजर गर्दै सिस्नेले सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्स सेवा यातायातका साधन मार्फत दैनिक एक ठाउँबाट अर्काे ठाउँमा पुग्ने नागरिकका लागि सारथि बनेको छ ।

पूर्वाधार एम्बुलेन्स सेवाकै कारण अहिले सडक यात्राको क्रममा ठाउँठाउँमा झरेको पहिरोमा सास्ति भोग्नु नपरेकोे सिस्ने ३ का रामचन्द्र खड्काले बताउनुभयो । खड्काले भन्नुभयो “विगतका वर्षमा बर्खा सुरु हुने बित्तिकै पोखरा देखि रुकुमकोट पुग्न पैदल हिडनु पर्ने बाध्यता हुन्थ्यो । बर्खाको भेलले चिरेको बालुवाको बाटो हुँदै जोखिमका साथ बाइक यात्रा गर्नुपथ्र्यो । तर यस वर्ष पहिरो र भेलले अवरुद्ध हुने सडक तत्काल खुलाउने काम भइरहेको छ ।

यसले आवतजावतलाई सजिलो बनाएको उहाँले बताउनुभयो । सडक अवरुद्ध भएका ठाउँमा गाउँपालिकाको पूर्वाधार एम्बुलेन्स मार्फत पहिरो हटाउने र सडकमा परेका खाल्डाखुल्डि पुर्ने कामले बर्खाको अनुभव कम भएको ५ नम्बर वडाका टेकबहादुर रोकाले बताउनुभयो । गए राति देखि घरमा श्रमतिलाई सुत्केरी बेथाले च्याप्यो रोकाले भने गाउँका दाजुभाइको सहयोगमा श्रीमतिलाई बोकेर अस्पताल ल्याइयो ।

विहान आउँदा ठाउँ ठाउँमा झरेको पहिरो र भलले चिरा पारेका सडकका कारण सुत्केरी बेथाले च्यापेकी श्रमतिलाई मुस्किलले अस्पताल पु¥याइयो । यहि प्रसूति हुने होइन कि भन्ने मनमा त्रास थियो । केहि घण्टा पछि डाक्टर म नजिक आएर भने बाबा बन्नु भएकोमा बधाई छ । डाक्टरले थपे आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ । साझसम्म घर लान सक्नु हुन्छ । डाक्टरको जवाफ सुनेवितिकै मनमा आन्नद छायो । उनले भने एउटा चिन्ता कम भएपनि अव आमा र बच्चालाई कसरी घरसम्म पुर्याउने भन्ने अर्काे चिन्ता मनमा रहि रह्यो । त्यतिकैमा सिस्ने गाउँपालिका अध्यक्षको सचिवालयमा फोन गरे । आफनो समस्या बताए ।

मेरो समस्यालाई ध्यानमा राखि गाउँपालिकाले तत्काल बाटो मर्मत गर्न पूर्वाधार एम्बुलेन्स सेवा मेरो गाउँसम्म पठायो । बाटो र्ममत पछि दिउसो सुत्केरी आमा र बच्चालाई अस्पतालबाट पालिकाकै एम्बुलेन्समा घर नजिकसम्म पु¥याउन सहयोग पनि भयो । ओरालोमा घरबाट जसो तसो अस्पतालसम्म पु¥याए पनि बर्खाको बाटो त्यसैमा उकालो कसरी घर पु¥याउला भन्ने चिन्ताले सताएको थियो । रोकाले भन्ने गाउँपालिका र पूर्वाधार एम्बुलेन्स सेवा मेरा सारथि हुन । म स्थानिय सरकार प्रति निकै हर्षित छु ।

विगतका वर्षमा बर्खा तिन महिना अवरुद्ध हुने धाउने रुकुमकोट सडक खण्ड अहिले निरन्तर सञ्चालनमा छ । यस्तै सिस्ने गाउँपालिकाको हिउदमा चल्ने अधिकांश सडकहरु वख्राको समयमा पनि सञ्चालनमा रहेका छन । बर्खा याममा नागरिकले खेप्ने सास्तीलाई ध्यानमा राखि सञ्चालनमा ल्याइएको पूर्वाधार एम्बुलेन्स सेवा नागरिक मैत्री हदैँ गइरहेको छ ।

पूर्वाधार एम्बुलेन्समार्फत अहिले मध्यपहाडि लोकमार्गसँगै रुकुमकोट–धाउने सडकखण्ड, रुकुमकोट–बालुवा सडकखण्ड, छिप्रीदह–पाखागाउँ सडक खण्ड, धाउने नाथिगार सिस्नेरी, धपे सडक खण्ड, रुकुमकोट पोखरा सडक खण्ड, गाउँपालिका कार्यालय हुदैँ रुकुम पूर्व अस्पताल सडक खण्ड, रुमालबारा दोविल्ना, थाक्ना, लेख सडक खण्डको विभिन्न क्षेत्रमा बेलाबेलामा झर्ने पहिरो हटाउने र सडक सुचारु गर्ने काम भइरहेको छ ।

यसका साथै छिमेकि भुमे गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गइ अबरुद्ध हुने सडक पनि सिस्नेको पूर्वाधार एम्बुलेन्स सेवाले खुलाउने काम गर्दै आएको छ ।

Facebook Comments