• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्युत आपूर्ति नियमित गर्न होटल ब्यवसायीको माग




विद्युत आपूर्ति अनियमित र लो भोल्टेजका कारण होटल व्यवसाय संचालनमा समस्या गम्भीर समस्या परेको भन्दै दाङ देउखुरी होटल व्यवसायी समितिले नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ ।

समिति अध्यक्ष दीपेन्द्र पुन, उपाध्यक्ष मोहन केसीसहितको एक टोली मंगलबार विद्युत कार्यालयमा पुगेर समस्या बारे जानकारी गराउँदै एक हप्ताभित्रमा विद्यमान समस्या समाधान गर्न गम्भीर ध्यानाकर्षण गराएको छ ।

अघोषित लोडसेडिङ र लो भोल्टेजका कारण आफुहरुले संचालन गर्ने उपकरण नचल्दा ठूलो मात्रामा आर्थिक नोक्सानी व्यहोर्नु परेको तथा उपभोक्ताको स्वास्थ्यमा समेत असर पुग्ने अवस्था आएकाले तत्काल समस्या समाधान गर्न लिखित रुपमा ध्यानाकर्षण गराएको छ ।

जिल्लामा विना कुनै सुचना अत्यधिक समय विद्युत अनियमिता भईरहेको र यस सम्बन्धि जानकारी लिन खोज्दा सम्बन्धित निकायले फोन नउठाउने, होल्डमा राख्ने वा उठाउँदा पनि गैर–जिम्मेवारी जवाफ दिने गरेकोले कार्यालय व्यवस्थापनमा ठुलो लापरवाही भएको र त्यसले होटल व्यवसायी बढी प्रभावित भएको हुँदा गम्भीर बन्न सचेत गराइएको छ ।

विद्युत अनियमिता र कार्यालय प्रमुखको कमजोर व्यवस्थापनका कारण होटल व्यवसायीहरुलाई दैनिक खाद्म तथा पेय पदार्थहरु सुरक्षित राख्न थप चुनौती बढ्नुका साथै लाखौको क्षति व्यहोर्नु परेको पनि अवगत गराउँदै यथाशीघ्र समाधान गरी आम उद्योगी, व्यवसायीहरुलाई सहजै रुपमा व्यवसाय संचालन गर्न सहयोग गरिदिन अनुरोध पनि गरिएको छ । विद्युत सेवा अनियमित हुँदा लाखौँको नोक्सानी व्यहोर्नु पर्ने अवस्था आएकाले यो आम जिल्लाबासी, उद्योगी व्यवसायीहरुको साझा समस्या रहेको अवगत पनि गराइएको थियो ।

अन्यथा हप्ता दिनसम्म पनि समस्या समाधान भए कडा आन्दोलनमा उत्रिन बाध्य हुने होटल व्यवसायी समितिले चेतावनी दिएको छ । होटल व्यवसायी समितिको टोली समस्या समाधान लिएर विद्युत कार्यालय पुगेको बेला कार्यालय प्रमुख मिथिलेश कुमार गोहीवार भने अनुपस्थित हुनुहुन्थ्यो ।

समितिको ध्यानाकर्षण पत्र बुझ्दै विद्युत कार्यालयका लेखा प्रमुख एवम् निमित्त कार्यालय प्रमुख डिल्लीराज आचार्यले पछिल्लो समय विद्युत लाईन मर्मतलगायतका कामका कारण आपूर्तिमा समस्या देखिएको स्वीकार्दै अब केही दिनमै सबै समस्या समाधान भई सहज रुपमा भरपर्दो विद्युत आपूति हुने विश्वास दिलाउनुभयो ।

Facebook Comments