नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकार्य टुटेको लामो समयपछि पूर्वयौद्धा डा. बाबुराम भट्टराईबीच सहकार्य हुनु महत्वपूर्ण घटनाक्रम भएको बताउनुभएको छ ।
ऐतिहासिक परिवर्तनको नेतृत्व गरेका आफूहरु फरक फरक ठाउँमा रहँदा परिवर्तनमाथि नै आघात पुगेको उल्लेख गर्दै उहाँले समयक्रमले आफूहरुलाई एकै ठाउँमा उभ्याउनु महत्वपूर्ण परिघटना भएको बताउनुभयो ।
यसैबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु सत्तारुढ गठबन्धनको अंग भएको बताउनुभएको छ ।
३१ साउनमा नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष भट्टराईले आफूहरु सत्तारुढ गठबन्धन बाहिर नरहेको बताउनुभयो । उहाँले गठबन्धनले बनाउने तालेमलको मापदण्ड अनुसार अघि बढ्ने बताए ।
भट्टराईले अग्रगामी परिवर्तनका बाँकी काम पूरा गर्न एक्लाएक्लै भन्दा मिलेर अगाडि बढ्ने सहमति अनुसार माओवादी केन्द्रसँग एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न लागेको बताउनुभयो ।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी माओवादी केन्द्रकै चुनाव चिन्हमा चुनाव लड्न सहमत भएपछि शीर्ष नेताहरुले सामूहिक तस्विर खिचाउनुभएको थियो ।
नेसपा माओवादीको गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्न तयार भएपछि निर्वाचन आयोगमा दल दर्ता पनि भएको छ।
प्रचण्डसँग सहमति भएपछि अब बाबुराम भट्टराईले पाउने सिट संख्याबारे छलफल हुनेछ। स्रोतका अनुसार अब गठबन्धनमा नेसपालाई पनि सहभागी गराउने सहमति जुटिसकेको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।