• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती प्रतिष्ठानमा साउनमा २ सय ८३ जनाको निशुल्क डेलिभरी




दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महीनामा एक सय बढी महीलाले निशुल्क प्रसुति सेवा पाएका छन् । प्रतिष्ठानले बैशाख १ गतेदेखी निशुल्क प्रसुति सेवा दिन थालेपछि सुत्केरी हुन आउने महीलाको सख्या पछिल्लो महीनाहरुमा अत्यधिक बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बताए । उनले आइसियु, भेन्टीलेटर, वच्चाको लागि एनआइसियु, पिआइसियु सेवासहीत विशेषज्ञ चिकित्सक थपेपछि विरामिको चाप अस्पतालमा विगतको भन्दा धेरै बढेको बताए । उनले सिमित स्रोत साधनको वावजुद पनि राम्रा–राम्रा विशेषज्ञ चिकित्सक थप्ने तयारीमा प्रतिष्ठान रहेको जानकारी दिए । प्रतिष्ठानमा अहिले मात्रै दैनिक ओपिडिमा विशेषज्ञ चिकित्सकसंग देखाउने विरामिको सँख्या ७ सय बढि रहेको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले आफु नेतृत्वमा आएपछि प्रसुति सेवा निशुल्क गर्ने पहिलो निर्णय गर्नु भएको थियो । प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराइले अस्पतालमा वितेको ४ महीनामा सामान्य र जटिल गरेर ९ सय बढि महीलाले निशुल्क प्रसुति सेवा पाएको जानकारी दिए । जस अनुसार ५ सय ८८ जना महीलाले नर्मल डेलिभरी सेवा र ३ सय ७९ जना महीलाले जटिल प्रकृतीको प्रसुति सेवा पाएको र प्रतिष्ठानमा प्रसुती सेवा निशुल्क भएपछि सुत्केरी भएर आउने महीलाको सख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको प्रतिष्ठानका शिक्षाध्यक्ष तथा प्रसुति रोग विशेषज्ञ डा. वसन्त लामीछानेले बताए । सुचना अधिकारी भट्टराईका अनुसार गएको बैशाखमा १ सय २८ जना महीलाले नर्मल डेलिभरी, ६८ जना महीलाले जटिल प्रकृतिको प्रसुति सेवा लिएका छन् भने जेठमा १ सय ४० जनाले नर्मल, ९४ जनाले जटिल किसिमको प्रसुति सेवा पाएका छन् । त्यसैगरेर असारमा १ सय ५४ जनाले नर्मल, १ सय जनाले जटिल, साउनमा १ सय ६६ जना नर्मल र १ सय १७ जना महीलाले जटिल प्रकृतिको प्रसुति सेवा पाएका छन् । हाल प्रतिष्ठानमा आएका सुत्केरी महीलाहरुको नर्मल डेलिभरी हुन नसकेको अवस्थामा दैनिक ६ देखी १२ जना महीलाको अप्रेसन गरेर वच्चा निकालिदै आएको छ । प्रतीष्ठानमा प्रसुति रोग विशेषज्ञत्रय डा. बसन्त लामीछाने, शिशिर कवर,सुगन्ध श्रेष्ठ र मेडिकल अफिसर एलिना धितालले प्रसुति बिभागबाट सेवा दिइरहेका छन ।

Facebook Comments