• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा दाईले भाइ बुहारीमाथि गरे एसिड प्रहार




नवीन पिएम

जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर -३, चम्पुटाकुरामा आफ्नै दाइ बेचे रावतले भाइ भिम बहादुर रावत र बुहारी सहित छिमेकीका भिम बहादुर रावतलाई साेमबार बेलुका करिब ६ बजेतिर एसिड प्रहार गरेका थिए | एसिड प्रहारबाट घाइते तिनै जनालाई नेपालगन्ज रिफर गरिएको र एसिड प्रहार गर्ने बेचे रावतलाई इलाका प्रहरी कार्यालय थारमारेकाे हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले बताए। दुई भाइबिच आर्थिक लेनदेनको विवादमा दाइले भाइ बुहारी लाई एसिड प्रहार गरेकाे खुलेपनि एसिस प्रहार गर्ने बेचे रावत हाल इलाका प्रहरी कार्यालय थारमारेमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।

Facebook Comments