• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु माविमा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत




ज्ञानसिन्धु मावि घोराहीले कक्षा ११ का नयाँ विद्यार्थीहरुका लागि अभिमुखीकरण गरेको छ ।

नयाँ शैक्षिक बर्षका लागि भर्ना भएका विद्यार्थीहरुलाई विद्यालयले एक कार्यक्रम गरी अभिमुखीकरण गरेको जनाएको छ ।

कार्यक्रममा बिद्यालयका प्राचार्य हुकुम बुढाथोकीले कक्षा ११ पढाइका हिसाबले माथिल्लो कक्षा भए पनि शारीरिक, मानसिक र संवेगतात्मक हिसाबले निकै संवेदनशील उमेर भएकाले सोहीअनुसार लगनशील भएर पढ्न आग्रह गर्नुभयो ।

आफ्नो शैक्षिक संस्था सामान्य शिक्षा दिने मात्रै भन्दा पनि असल नागरिक र दक्ष जनशक्ति निर्माण गर्ने अभियानमा रहेकाले यहाँ प्रवेश गर्ने विद्यार्थीहरुले पनि सामान्य प्रमाणपत्र लिने मात्रै भन्दा आफूलाई असल नागरिक र दक्ष जनशक्ति बनाउनेतिर ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

प्लस टू संयोजक तिलक अधिकारीले विद्यालय प्रवेश गरिसकेपछि आफूहरुले पूर्ण अभिभावकत्व दिने उल्लेख गर्दै विद्यार्थीहरुलाई पनि सन्तानकै रुपमा परिश्रम गर्न आग्रह गर्नुभयो ।

‘हामी पढाउँदैनौं मात्रै, तपाइँहरुको पूर्ण अभिभाकत्व लिन्छौं र एक एक विद्यार्थीको स्थिति हेरेर केयर गर्छौं’– उहाँले भन्नुभयो– ‘तपाइँहरुले पनि अभिभावकत्व स्वीकार गरेर हाम्रो दिशादिर्नेश पालन गर्नुपर्छ, ज्ञानसिन्धु प्रवेश गरेको कोही पनि विद्यार्थीको सपना खेर जाँदैन ।’

शिक्षक नौलाबहादुर खड्काले पढाइ कुनै कठिन कार्य नभएकाले यसलाई सहज र सरलरुपमा लिनुपर्ने बताउनुभयो । ‘धेरै विद्यार्थी कसरी पढ्ने भनेर डराउँछन्, मैले झण्डै २० बर्षसम्म हजारौं विद्यार्थी पढाएको छु, धेरैको चिन्ता कसरी पढ्ने भन्ने हुन्छ । पढ्ने कुनै समस्याको बिषय हो, थोरै आइडिया लगाउनसक्ने हो भने पढाइँ कठिन कार्य होइन । हामीले दिएको आइडियाअनुसार पढ्नुभयो भने तपाइँ फेल हुने भन्ने सवाल नै हुँदैन’– उहाँले भन्नुभयो ।

सोही विद्यालयबाट भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थी बलबहादुर बाँठाले के पढ्ने, के गर्ने भन्ने यो उमेर समूहमा धेरै अन्योल हुने भएकाले घर र विद्यालयको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । ‘म जब यो विद्यालयमा आएँ, त्यसपछि घरको जस्तै अभिभावकत्व पाएँ र रुकुमको दुर्गम गाउँको विद्यालय पढेर आएपछि यहाँ ए ए प्लसजस्ता जीपिए भेटाउन सकें, हाम्रो मुख्य काम पढ्ने हो भनेर लाग्ने हो भने असफल बन्ने हुँदैन बरु तपाइँले कस्ता साथी संगत रोज्नुहुन्छ भन्ने महत्वपूर्ण हुन्छ’– उहाँले भन्नुभयो ।

कक्षा १२ का विद्यार्थी तिलक पुन मगरले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै ज्ञानसिन्धुको मायाँ विद्यालयको जीवनको मात्रै आफ्नै धेरैका लागि आफ्नो जीवनकै अविस्मरणीय हुने बताउनुभयो । ठूलोभन्दा पनि असल मान्छे बन्ने सपनाहित अघि बढ्न उहाँले सबै विद्यार्थीलाई आग्रह गर्नुभयो ।

विद्यार्थीहरुलाई अविर र खादा लगाएर स्वागत गरिएको थियो । कार्यक्रम सञ्चालन शिक्षक नरेन्द्र केसीले गर्नुभएको थियो ।

Facebook Comments