• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीको स्थायी राजधानीमा नयाँ परियोजना राप्ती कोरिडोरको शिलान्यास




लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई लक्षित गरी नयाँ परियोजना राप्ती कोरिडोर शुरु हुने भएको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीले सो परियोजनाको शिलान्यासमेत गरिसक्नुभएको छ ।

भालुवाङदेखि राप्ती नदीको किनारैकिनार बाँकेको सिमानासम्म जोड्ने ८७ किलोमिटर नयाँ सडक निर्माण गर्ने गरी परियोजना अघि बढाइने मन्त्री चौधरीले जानकारी दिनुभयो । एशियाली विकास बैंकको आर्थिक सहयोगमा सो परियोजना शुरु गरिने उहाँले बताउनुभयो ।

यसले प्रदेश राजधानी ब्यवस्थापनमा सहयोग पुग्ने र सडकसँगै राप्तीको तटबन्ध हुँदा पर्याप्त मात्रामा नयाँ जग्गा पनि किस्कने उहाँले बताउनुभयो । त्यसबाट नयाँ शहर निर्माणका लागि अवसर प्राप्त हुने मन्त्री चौधरीको दाबी छ ।

दाङमा मेघा प्राजेक्ट– विमानस्थल र केवलकार पनि
मन्त्री चौधरीले अर्को एक प्रसंगमा टरिगाउँ विमानस्थलका लागि २२ करोड बजेट सुनिश्चित भएको पनि बताउनुभयो । यदि विस्तार गर्न संभव भएमा यसबाट आठ सय मिटर रनवे विस्तार हुने र ठूला जहाज चलाउने संभव हुने पनि उहाँले बताउनुभयो । त्यस्तै देउखुरीको मौरीघाटदेखि स्वर्गद्वारीसम्मको ५५ किलोमिटर केवलकार निर्माणका लागि सरकारले डिपिआर गर्ने र निजी क्षेत्रलाई लगानीका लागि आव्हान गरिने पनि मन्त्री चौधरीले जानकारी दिनुभयो ।

मन्त्री चौधरीले मुसोट–बबई सुरुङमार्गको डिपिआर तयार भएको र घोराही तुलसीपुर सडक विस्तारलाई तीब्र गतिमा अघि बढाउन निर्माण कम्पनीलाई कडाइँका साथ आग्रह गरिएको पनि जानकारी दिनुभयो ।

Facebook Comments