• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गङगादेव कुकुरगारेका सबै घरमा विद्युत सन्चालन




बिमल केसी/रोल्पा । गंगादेव गाउँपालिका वडा नम्बर ३ कुकुरगारेमा गाउँ भरी नै विद्युत सञ्चालनमा आयको छ ।

करिब दुई बर्ष पहिले नै ट्रान्समिटर जोडिएको भएतापनि गाउका केही घरहरुमा मात्र एक वर्षपहिले नै बिजुलि जडान गरिएको थियो। तर गाउँका अधिकांश घरहरुमा विद्युत् जडान नहुने हो कि भनेर यहाँका स्थानीयहरु चिन्तित थिए ।

ठेकेदारको लापरबाहीका कारण विद्युत गाउँ भरी नै एकैसाथ सञ्चालनमा आउन सकेको थिएन । यहाँ विद्युत जडानको जिम्मा अनुप निर्माण सेवा प्रालिले लिएको थियो। उसले राम्रोसँग काम नगर्दा विद्युत सञ्चालनमा पछि परेको हो ।

अनुप सेवाले छाडेका पोलहरुमा हरितार कन्ड्र्क्सन प्राली ले ठेका न. २०७७/७८ को ठेक्का बाट आएका विद्युतीय सामग्रीहरु पुराना पोल हरुमा जडान गरी विद्युत सञ्चालन गरिएको हो। पहिले पातलो पोल गाडिएको बिच बिचमा २२ वटा थप गरी विधुत जडान गरिएको हो ।

जिल्ला विद्युत कार्यालय रोल्पाका कर्मचारी तथा स्थानीय भुवन केसी को पहलबाट गाउँका सम्पुर्ण घरधुरीमा विद्युत संचालनमा आएको हो । यसपटक मात्र गाउँका करिब ५० घरधुरीमा बिधुत जडान गरिएपछि गाउँभरि नै बिजुली पुगेको हो ।

गाउँका केही महिना बसोवास गर्ने गोठहरु मा विद्युत नपुगेको भएतापनि सम्पूर्ण घरहरुमा भने पुगिसकेको छ ।

गंगादेव गाउँपालिका वडा नम्बर 3 का केही गाउँहरुमा विद्युत सञ्चालनमा आयता पनि सम्पूर्ण गाउँमा भने अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन। धेरै गाउँहरूमा पोलहरु गाडिएको छ तार पनि तानिएको छ तर विद्युत सञ्चालनमा आएको छैन भने केही गाउँहरुमा पोल मात्रै गाडिएको छ। धेरै गाउँमा करिब दुइ वर्ष पहिले नै ट्रान्समिटर जोडिएको भएतापनि अहिलेसम्म विद्युत सञ्चालनमा आउन सकेको छैन । दुई पर्ष पहिले नै चारवटा ट्रान्समिटर जडान गरिएका थियो ति अहिले सम्म पनि सञ्चालनमा आएका छैनन् ।

गंगादेव गाउँपालिका वडा नम्बर ३ का केहि घरहरु झारमङग्राह ,मग्राह , रातामाटा , जहेले , गोठिखोला लगायतका गाउहरुमा भने अहिलेसम्म पनि सञ्चालन भएको छैन । झ्याम गाउका केही घर धुरिमा जडान भएको छैन ।

पहिले जोडीएका ट्रान्समिटर हरु संचालनमा आएपछि सम्पूर्ण वडाका गाउँहरुमा विद्युत पुग्नेछ ।
छिटो भन्दा छिटो संचालनमा विद्युत संचालन आउनेमा यहाँका बासिन्दाहरु आशावादी रहेका छन् ।

जिल्ला विद्युत् कार्यालय रोल्पाका कर्मचारी भुबन के सी का अनुसार विद्युत् सञ्चालन हुन बाँकी रहेका सबै गाउँहरुमा छिटोभन्दा छिटो विद्युत सञ्चालन हुने बताउनुभएको छ ।

Facebook Comments