• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शहरी विकासमन्त्रीलाइ गृह जिल्लामा शिलान्याश र उद्घाटनमा भ्याइनभ्याई




साउन, ३० दाङ

शहरी विकास मन्त्रीको जिम्मेवारी समालेसँगै दोस्रो पटक गृहजिल्ला आएका संघीय सरकार शहरी विकास मन्त्री मेटमणि चौधरी अहिले जिल्लामा विकास निर्माणको योजनाहरुको शिलन्यासदेखि उद्घाटनसम्मको कार्यक्रम भ्याईनभ्याई छ । मन्त्री चौधरीले पार्टीको कार्यक्रमभन्दा बढि जनताकोे दैनिकी जनजीवनसँगै जोडिएका पूर्वाधार विकास निर्माणको योजना र कार्यक्रमलाई प्राथामिक्तामा राख्दै आइरहेका छन् ।No description available.
मन्त्री चौधरीले निर्माण सम्पन्न योजनाहरुको उद्घाटन गर्दै आवश्यक पूर्वाधार निर्माणको शिलन्यास गरी विकासे योजनाका बिज रोपिरहेका छन् । सकड , खानेपानी, सिंचाई कुलो, पुलपुलेसा, शैक्षिक भवनदेखि सामुुदायिक भवनसम्मको कतै उद्घाटन तँ, कतै शिलन्यासमा कार्यक्रममा दौडधुप चरिरहेको छ । नागरिकको दैनिकीसँग जोडिएका विकासमा निर्माणकन योजनाहरु जहाँ जे आवश्यक पर्छ त्यहाँ त्यही योजना निर्माण मात्रैै नभई निर्माण सम्पन्न भएका योजनाहरुमा के आवश्यक छ त्यहाँ त्यो आवश्यकता पुुरा गर्दै दाङको मुहार फेर्ने रफ्तारमा मन्त्री चौधरी दौडिरहेक छन् ।No description available.

मन्त्री चौधरीले दाङको गहनाका रुपमा स्थापित बहुुउद्देश्यीय सभाहल उद्घाटन गर्दै सभाहल आवश्यक मर्मतसम्भारका लागि १ करोड रुपैयाँ बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता समेत जनाएका छन् । संघीय सरकारको लागतमा ३८ करोड २० लाख ९३ हजारको लागतमा आर्थिक वर्ष २०७३÷०७४ बाट निर्माण सुुरु भएकोमा २०७८ असोजमा निर्माण सम्पन्न भएकोे थियो ।

मन्त्री चौधरीले घोराही उपमहानगरपालिका वडा नं. १८ कटुवाखोलामा निर्मित पुलको समेत उद्घाटन गरेका छन् । भने घोराही उपहानगरपालिका वडा नंं १९ सैघा जोड्ने १३ किलोमिटर कालोपत्रे सडक निर्माणको समेत शिलन्यास गरेका छन् । करिव १८ करोडको लागतमा उक्त सडक निर्माणका सम्पन्न गर्न सक्ने अनुुमान गरिएको छ । तत्काल उक्त सडकको सम्पूर्ण प्रक्रिया पुरा गरी भदौ महिनाभित्रमा ठेक्का प्रक्रिया सम्पन्न गर्ने तयारी गर्न पनि उनले मन्त्रालयका सचिव तथा विभागलाई कार्यक्रम स्थलमा निर्देशन दिदै हिडिरहेका छन् । सैघाबासी सडकको पीडा पुुस्तानी पीडा रहेकाले तत्काल घोराही उपमहानगरपालिका वडा नं. १८ मसिनादेखि सैैघासम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै सोमवार मन्त्री चौधरीले घोराही उपमहानगरपाकिला वडा नं.१८ नवलपुुरस्थित साततले व्यापारिक महलको समेत शिलन्यास गरेका छन् । जसको निर्र्माणका लागि तत्काल ठेक्का प्रक्रिया सञ्चालन गरिने उनले बताए ।May be an image of 7 people, people sitting and people standing

‘महेन्द्र क्याम्पसलाई अत्याधुनिक भवन’
राप्तीकै पुुरानो शैक्षिक संस्थाका रुपमा रहेको महेन्द्र बहुुमुखी क्याम्पसका अहिले जिर्र्ण अवस्था छ । केही संरचना मात्रै नयाँ बन्नेका छन् । तर वाँकी सबै उही पुुरानै जिर्ण छन् । त्यो पुुरानो र जिर्ण शैक्षिक संस्थाको मुहारमा फेर्ने महेन्द्र क्याम्पसका आधुनिक सुविधा सम्पन्न भवन निर्माण प्रतिवद्धता व्यक्त गरेका छन् । क्याम्पसले आयोजना गरकेो स्वागत सम्मानमा क्याम्पसकोे भौतिक अवस्थाको बारेमा जानकारी लिदै क्याम्पस जिर्ण बन्दै गइरहेकाले करिव १५ करोड लागतमा आवश्यक शैक्षिक पूर्वाधार निर्माण गर्ने गरी आवश्यक प्रक्रिया सुरु गर्न मन्त्रालयका सचिव उनले सोही कार्यक्रममा निर्देशन दिएका थिए । आफू त्यही क्याम्पसको पूर्व विद्यार्थी रहेकाले मन्त्रीको नाताले मात्रै नभई विद्यार्थीताले समेत आफ्नो भावनात्मक सम्वन्ध क्याम्पससँग जोडिएको उनले बताए । मन्त्री चौधरीले सबै क्षेत्रको विकासले नै समृद्ध सम्भव रहेकाले जनताको जीवनस्तरसँग आवश्यक पूर्वाधार विकासलाई प्राथामिक्तामा राख्दै मन्त्रालय अघि बढिरहेको आयोजित कार्यक्रमहरुमा बताए । उनले भने–‘ विकास जग बसाल्दै छुु । विकासलाई फलाउने र फुुलाउने काम नागरिक आफैले हो । राज्यले लगानी गर्छ । त्यसबाट फाईदा लिने काम जनताको हो । ’

 

Facebook Comments