काठमाडौं । संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यंग्य गरेको तीज गीत ल्याएका छन् । “ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो” शिर्षकको तीज गीत हाइलाइट्स नेपालबाट सार्वजनिक भएको छ
। संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको यस तीज गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । यस गीतमा अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय रहेको छ । देशमा गरिखाने अवस्था नभएर परदेश लाग्न बाध्य हुनु परेको, देशमा वेथिती र अव्यवस्था मौलाएको,
जनता भोक/रोगले थलिएको तर नेताहरू भने चिल्लो गाडीमा शयर गर्ने गरेको जस्ता सामाजिक/राजनीतिक सन्दर्भहरुलाई गीतमा सशक्तढंगले उठाउन गरिएको छ । साथै भ्रष्ट, ठग र रोगी नेताहरूलाई राजनीतिबाट विस्थापित गरी नयाँ पुस्तालाई नेतृत्व लिन आह्वान गरिएको छ । यस तीज गीतको परिकल्पनाकारमा ई. अनन्तराज घिमिरे रहेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
