• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजनीतिमाथि व्यङ्ग्य गरिएको तीज गीत सार्वजनिक




काठमाडौं । संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यंग्य गरेको तीज गीत ल्याएका छन् । “ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो” शिर्षकको तीज गीत हाइलाइट्स नेपालबाट सार्वजनिक भएको छ । संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको यस तीज गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । यस गीतमा अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय रहेको छ । देशमा गरिखाने अवस्था नभएर परदेश लाग्न बाध्य हुनु परेको, देशमा वेथिती र अव्यवस्था मौलाएको, जनता भोक/रोगले थलिएको तर नेताहरू भने चिल्लो गाडीमा शयर गर्ने गरेको जस्ता सामाजिक/राजनीतिक सन्दर्भहरुलाई गीतमा सशक्तढंगले उठाउन गरिएको छ । साथै भ्रष्ट, ठग र रोगी नेताहरूलाई राजनीतिबाट विस्थापित गरी नयाँ पुस्तालाई नेतृत्व लिन आह्वान गरिएको छ । यस तीज गीतको परिकल्पनाकारमा ई. अनन्तराज घिमिरे रहेका छन् ।

Facebook Comments