• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय कलाकारहरूको उपस्थितिमा तीज मिलनको तयारी




घोराही, २८ साउन ।
दाङ देउखुरी होटल व्यवसायी समिती घोराहीले आयोजना गर्न लागेको तिज मिलन तथा दर खाने कार्यक्रम २०७९ मा राष्ट्रिय कलाकार टिका पुनसहितका कलाकारहरु आउने भएका छन् । नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा यही भदौ ११ गते शनिवारका दिन घोराहीको होटल माला ईनमा हुने भब्य कार्यक्रममा सहभागीलाई तिजका गितमा नचाउदै मनोरञ्जन प्रदान गर्न राष्ट्रिय कलाकार गायिका टिका पुन सहित हास्यकलाकार कमल गाउँले, गायक प्रेम विवश घर्ति, नृत्य कलाकारहरु करिना डाँगी, नारायणी खत्री र लक्ष्मी थापा आउने समितीका अध्यक्ष दिपेन्द्र पुनले जानकारी दिनुभएको छ ।

महिला व्यवसायी तथा नारीहरुको सहभागितालाई लक्षित गरी उनिहरुको माग र चाहानालाई मध्यनजर गर्दै तिज मिलन कार्यक्रम गर्न लागिएको हो । समितिले आफ्ना व्यवसायीहरुको हकहितको संरक्षणका साथै अतिरीक्त व्यावसायीक उत्तर दायित्व बहन गर्ने शिलसिलामा विभिन्न सामाजिक तथा आर्थिक गतिविधीहरु सञ्चालन गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा आउदै गरेको हरीतालिका तिज पर्वलाई लक्षित गरी महिलाहरुको प्रतिभा प्रस्पोटन तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यले दाङ देउखुरी होटल व्यवसायी समितीको निर्णय अनुुसार बृहत सास्कृतिक कार्यक्रम गर्न लागको हो । नेपाली नारीहरुको महान् पर्व तिजको मौलिक संस्कृतिलाई जगेर्ना गर्नुका साथै तिजलाई भब्य र सभ्य सफल बनाउन तिज मिलन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

जुरिक भोड्काको उत्पादक जगदम्बा अल्को बेभ प्राली मुख्य प्रायोजक रहेको कार्यक्रम सहभागिताका लागी टिकटको बिक्रि वितरणको काम अवको केही दिनमा सुरु हुने समितीले जनाएको छ ।।

Facebook Comments