अखिल नेपाल शिक्षक संघको लुम्बिनी प्रदेश भेला दाङको भालुबाङमा सम्पन्न भएको छ ।
संघका लुम्बिनी प्रदेश अध्यक्ष बालाराम पोख्रेलको अध्यक्षता एवं महासचिव चक्रपाणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि चक्रपाणी पौडेल ,राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार सुरेश थापा,राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य ,नेपाल शिक्षक महासंघका केन्द्रीय उप महासचिव तारा वेल्वासे,अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य ,अखिल नेपाल शिक्षक संघकी केन्द्रीय सदस्य विन्दु विष्ट र निवृत्त शिक्षक कपिलदेव खनालले ब्जेला सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उपाध्यक्ष ईश्वरी आचार्यको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रमको संचालन सचिव रुमाल प्रसाद बसेलले गर्नुभएको थियो ।
यसैबीच अखिल नेपाल शिक्षक संघको प्रदेश भेलाले दाङका लालबहादुर भण्डारीलाई अध्यक्षमा चयन गरेको छ । यसैगरी समितिको उपाध्यक्षमा कृष्ण बञ्जाडे ( अर्घाखाँची ),महिला उपाध्यक्षमा देवा विष्ट(प्यूठान),सचिवमा कल्याण खड्का(प्यूठान),कोषाध्यक्षमा रुमाल प्रसाद बसेल(दाङ) र सह सचिवमा कमलराज भट्टराई (रोल्पा) रहनुभएको छ ।
समितिको सदस्यहरुमा ओमकला खनाल(दाङ),बुद्धि बञ्जाडे(बाँके),कमला गिरी(कपिलवस्तु ),विनोद बोहरा (रुपन्देही),विष्णुमाया भुसाल(अर्घाखाँची),प्रेम अर्याल(गुल्मी),शिव शाही(रुकुम पूर्व),निरु थापा(पाल्पा) र ईश्वरी ज्ञवाली(नवलपरासी पश्चिम) रहनुभएको छ ।
यसैगरी भेलाले ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकारहरुमा डिलाराम पौडेल(दाङ),मधु पण्डित (दाङ),मीना गौतम(बर्दिया),खेमराज पोख्रेल (प्यूठान) र ईश्वरी आचार्य (कपिलवस्तु) रहनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।