• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठानको अध्यक्षमा पुन, महासचिवमा आचार्य




नेकपा माओवादीकेन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ पोष्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्षमा चयन हुनुभएको छ ।

प्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो ।

यस्तै उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिसिधसभा सदस्य एवं माओवादी पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा निर्मल आचार्य चयन भएको प्रतिष्ठानले जनाएको छ ।

कोषाध्यक्षमा रुद्र ढुंगेल, सदस्यहरुमा राममायाँ बोगटी, ज्ञानु बस्नेत सुवेदी, रामकुमारी चौधरी, रामप्रकाश सापकोटा र रामशरण पौडेल चयन हुनुभएको छ ।
२०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो ।

पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए । बोगटीका एक मात्र छोरा रविबोगटी तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा २०५९ सालमा उत्तरी धादिङको सत्यदेवीमा मारिएका थिए ।

प्रतिष्ठानले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सेवाकाकार्यहरु गर्दै आएको छ ।

Facebook Comments