• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बोगटी प्रतिष्ठानको साधारणसभा, माओवादी एकताबाट मात्रै देश अघि बढ्छः प्रचण्ड




माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनकै भरमा देशमा राजनीतिक परिवर्तन आएकाले अब यसलाई जनताको जीवनसँग जोड्न पनि माओवादी धाराको एकता अनिवार्य भएको बताउनुभएको छ ।

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभा कार्यक्रममा शनिबार उहाँले विगतमा माओवादीमा रहेका र विभिन्न कम्युनिस्ट पार्टीमा रहेका नेता तथा समूह एकतामा आउन लागेको बताउनुभयो । ‘पूर्वमाओवादी र कम्युनिस्ट घटकहरू आउने क्रम चलेको छ । कतिपय समूहगत एकता गर्ने कुरा भएको छ’– उहाँले भन्नुभयो ।

आउने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्म एकताबद्ध भएर गयो भने वामपन्थी दलहरूमध्ये माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहेको उहाँको भनाइ थियो ।

अर्को एक प्रसंगमा उहाँले पार्टीका नेताहरूलाई कसरी एकताबद्ध बनाएर अगाडि बढ्ने भन्ने चुनौती आफूलाई रहेको बताउनुभयो । उहाँले पार्टीको नेतृत्व तहमा रहेका नेताहरूबीचको विवादले जनतामा नराम्रो सन्देश गइरहेको र त्यसलाई कसरी मिलाउने भन्ने सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले एक तहका नेताहरूमा पार्टीको विचार, नीति, व्यवहार र नेतृत्वप्रति विश्वास धर्मराएको आफूले देखेको बताउनुभयो । ‘नेताहरूको एउटा पंक्तिमा विचार, व्यवहार, नीति, नेतृत्वप्रतिको विश्वास धर्मराएको देखिन्छ’– उहाँले भन्नुभयो– ‘नेताहरू एकढिक्का भएर जाने हो भने जनता जुरुक्क उठ्ने सम्भावना छ । नेताहरूलाई के गरी मिलाउने भन्ने, आजको सबैभन्दा ठूलो चुनौती भएको छ ।’

तराई मधेसका नेताहरूमा विवाद रहेकाले स्थानीय तह निर्वाचनमा ५० ठाउँमा पराजित हुनुपरेको प्रचण्डको भनाइ थियो । मधेसमा अरु पार्टीबाट माओवादीमा कार्यकर्ता र बुद्धिजीवी प्रवेश गरिरहँदा पार्टीका शीर्ष नेताहरू भने आपसमा लडाइ गरिरहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

Facebook Comments